• ३१ साउन २०८३, आइतबार
  • ८:५० बिहान

भारतमा भन्दा महँगो भएपछि पेट्रोल र डिजेल आयात घट्यो

प्रकाशित मिति

२०७९ माघ ८ गते, आईतवार ०८:०२

८ माघ, २०७९, काठमाडौँ : भारतमा भन्दा नेपालमा पेट्रोल र डिजेल महंगिएपछि वीरगन्ज नाका हुँदै दुवै इन्धनको आयात घटेको छ । वीरगन्ज भन्सार कार्यालयको तथ्यांक अनुसार गत आर्थिक वर्षको पुस मसान्तको तुलनामा चालु आर्थिक वर्षको पुस मसान्तसम्म वीरगन्ज नाका हुँदै डिजेलको आयातमा ३३ र पेट्रोलको आयातमा ६ प्रतिशतले गिरावट आएको छ ।


चालु आर्थिक वर्षको पुस मसान्तसम्म यो नाकाबाट ५१ अर्ब ६५ करोड ९५ लाख १८ हजार रुपैयाँँ बराबरको ४ लाख ९ हजार ५ सय ४६ किलो लिटर डिजेल आयात भएको छ । जवकि गत आर्थिक वर्षको यसै अवधिमा ४४ अर्ब ४१ करोड ८१ लाख ३५ हजार रुपैयाँँ बराबरको ६ लाख १४ हजार ३ सय ४९ किलो लिटर डिजेल आयात भएको थियो ।

Kamana Sewa

त्यसैगरी, चालु आर्थिक वर्षको पुस मसान्त सम्ममा यो नाका हुदै १९ अर्ब ३१ करोड ४९ लाख २१ हजार रुपैयाँ बराबरको १ लाख ९२ हजार ६ सय ३९ किलोलिटर पेट्रोल आयात भएको छ । गत आर्थिक वर्षको यसै अवधिमा १६ अर्ब १२ करोड ९ लाख १६ हजार रुपैयाँ बराबरको २ लाख ५ हजार २ सय ५२ किलोलिटर पेट्रोल आयात भएको थियो ।

Classic Tech Desktop

वीरगन्ज नाका इन्धन आयात हुने मुलुककै मुख्य नाका हो । डिजेलको ठूलो हिस्सा पेट्रोलियम पाइपलाइनबाट आयात हुन्छ भने पेट्रोल ट्यांकरबाट आयात हुन्छ । हाल वीरगन्जको सीमावर्ती भारतीय बजार रक्सौलमा पेट्रोलको प्रति लिटर मूल्य १ सय ७४ रुपैयाँ ७२ पैसा (नेरु) र डिजेलको प्रति लिटर मूल्य १ सय ५३ रुपैयाँ ३९ पैसा (नेरु) रहेको छ । यता वीरगन्जमा पेट्रोल प्रति लिटर १ सय ७५ रुपैयाँ ७५ पैसा र डिजेल प्रति लिटर १ सय ७२ रुपैयाँ ७५ पैसा रहेको छ । २०२२ मार्च महिनाको चौथो सातामा भारतमा इन्धनको मूल्य बढेपछि नेपालभन्दा भारतमा डिजेल करिब २० रुपैयाँ महगो भएको हो । हाल दुवै मुलुकमा पेट्रोलको मूल्यमा करिब १ रुपैयाँ मात्र अन्तर छ । भारतभन्दा नेपालमा पेट्रोल करिब १ रुपैयाँ महगो छ ।

प्रतिकृया