• १६ असोज २०८३, शुक्रबार
  • १०ः४० बिहान

नेप्सेको सीईओका लागि ८ जनाको आवेदन, अब कार्ययोजना मूल्यांकन गरिने

प्रकाशित मिति

२०८३ श्रावण २७ गते, बुधबार ०३:२५

२७ साउन २०८३ काठमाडौं – नेपाल स्टक एक्सचेन्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि ८ जनाको आवेदन परेको छ।अर्थ मन्त्रालयका अनुसार आवेदन दिने अन्तिम समयसम्म ८ वटा आवेदन दर्ता भएका हुन्।

National Life

अब सीईओ छनोटका लागि गठित सिफारिस समितिले आवेदकहरूले पेस गरेको व्यावसायिक कार्ययोजना (बिजनेस प्लान) को मूल्यांकन प्रक्रिया अघि बढाउनेछ। अर्थ मन्त्रालयका प्रवक्ता अमृत लम्सालका अनुसार विज्ञमार्फत आवेदकहरूको कार्ययोजना मूल्यांकन गरिएपछि उत्कृष्ट उम्मेदवारहरूको सर्टलिस्ट तयार गरिनेछ। सर्टलिस्टमा परेका उम्मेदवारले आफ्नो कार्ययोजनाको प्रस्तुतीकरण गर्नुका साथै अन्तर्वार्तामा सहभागी हुनुपर्नेछ।

छनोटको सम्पूर्ण प्रक्रिया पूरा भएपछि नेप्सेले नयाँ नेतृत्व पाउने प्रवक्ता लम्सालले जानकारी दिए। यसअघि सिफारिस समितिले साउन १२ देखि २६ गतेसम्म सीईओ पदका लागि आवेदन आह्वान गरेको थियो। सीईओ पदका लागि अर्थशास्त्र, वाणिज्यशास्त्र, वित्तशास्त्र, व्यवस्थापन वा सूचना प्रविधिजस्ता विषयमा स्नातकोत्तर वा चार्टर्ड एकाउन्टेन्सी (सीए) गरेको हुनुपर्ने शैक्षिक योग्यता तोकिएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

त्यस्तै, पूँजी बजार वा वित्तीय क्षेत्रमा कम्तीमा १५ वर्षको कार्यअनुभव र त्यसमध्ये कम्तीमा ७ वर्ष उच्च व्यवस्थापकीय तहमा काम गरेको अनुभवलाई अनिवार्य मापदण्ड बनाइएको छ।

प्रतिकृया