• २७ साउन २०८३, बुधबार
  • ५:२२ बेलुका

नेप्सेमा झिनो वृद्धि, परिसूचक २६४२ अंकमा

प्रकाशित मिति

२०८३ श्रावण २७ गते, बुधबार ०३:१०

२७ साउन २०८३ काठमाडौं – साताको कारोबारको चौथो दिन बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक सामान्य अंकले बढेको छ। आज नेप्से परिसूचक ०.५५ अंकले बढेर २६४२.४० अंकमा कायम भएको हो।

यसदिन ३४८ वटा सूचीकृत कम्पनीको ८७ लाख १ हजार ९४४ कित्ता शेयर किनबेच भएको छ। कुल ३ अर्ब ५३ करोड २१ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। बुधबार कारोबारमा आएका १३ उपसूचकमध्ये पाँच उपसूचक बढेका छन् भने आठ उपसूचक घटेका छन्। अधिकांश उपसूचकमा गिरावट आए पनि नेप्से परिसूचक भने सामान्य अंकले उकालो लागेको हो।

Kamana Sewa

कारोबार रकममा समेत अघिल्लो दिनको तुलनामा सामान्य उतारचढाव देखिएको छ। बजारमा खरिदबिक्री दबाब मिश्रित रहँदा नेप्से झिनो अंकले सकारात्मक बनेको हो।

Classic Tech Desktop

प्रतिकृया