• २६ साउन २०८३, मंगलबार
  • १:४१ बेलुका

अटोमोबाइल क्षेत्रलाई आर्थिक विकासको इन्जिनको नजरले हेर्नुपर्छः अध्यक्ष अग्रवाल

प्रकाशित मिति

२०८३ श्रावण २६ गते, मंगलवार १२:३२

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवालले नेपालको अर्थतन्त्रमा मेरुदण्डका रुपमा अटोमोबाइल तथा मोबिलिटी क्षेत्रलाई हेर्नुपर्ने बताएका छन् । ‘नाइमा मोबिलिटी एक्स्पो २०२६’ को उद्घाटन समारोहमा बोल्दै अध्यक्ष अग्रवालले अटो क्षेत्रलाई विलासिता वा उपभोगको क्षेत्रका रूपमा मात्र नहेरी आर्थिक विकासको इन्जिनका रूपमा हेर्नुपर्ने अवस्था आएको बताएका हुन् ।

नेपालको कुल गार्हस्थ्य उत्पादनमा मोबिलिटी क्षेत्रको योगदान करिब ७ प्रतिशत रहेको उनको दाबी छ । यस क्षेत्रले प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा १२ लाखभन्दा बढी नागरिकलाई रोजगारी प्रदान गरेको बताउँदै उनले यो क्षेत्र बैंकिङ, बिमा, पर्यटन, निर्माण र सूचना प्रविधिजस्ता विविध क्षेत्रसँग सम्बन्ध रहेको बताए ।

Kamana Sewa

यस क्रममा उनले अहिलेको अवस्थामा डेढ लाखभन्दा बढी उद्यमी व्यवसायीहरू कालोसूचीमा पर्नु, घरजग्गा, सेयर बजार तथा उत्पादनमूलक उद्योगहरू सुस्ताउनु नीतिगत कमजोरीको परिणाम भएको बताए ।

Classic Tech Desktop

प्रतिकृया