• २६ साउन २०८३, मंगलबार
  • ३:२२ बेलुका

प्रधानमन्त्री शाहलाई संसदमा उपस्थित भएर जवाफ दिन सभामुखको आग्रह

प्रकाशित मिति

२०८३ श्रावण २६ गते, मंगलवार ०१:५९

२६ साउन २०८३ काठमाडौं –  प्रधानमन्त्री वालेन्द्र शाह र सभामुख डोलप्रसाद अर्यालबीच मंगलबार दिउँसो भेटवार्ता भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा संघीय संसद्को चालू अधिवेशन र समसामयिक राजनीतिक विषयमा छलफल भएको बताइएको छ ।

भेटका क्रममा सभामुख अर्यालले प्रधानमन्त्री शाहलाई संसद्मा उपस्थित भएर सांसदहरूले उठाएका प्रश्नको जवाफ दिन आग्रह गरेका थिए । स्रोतका अनुसार सभामुखले ‘संसद्मा प्रधानमन्त्रीको खोजी भइरहेको’ भन्दै कम्तीमा सदनमा उपस्थित भएर जवाफ दिन आग्रह गरेका हुन् ।

Kamana Sewa

तर, प्रधानमन्त्री शाहले यस विषयमा ठोस जवाफ नदिएको स्रोतको भनाइ छ । प्रतिपक्षी दलहरूले लगातार संसद्मा प्रधानमन्त्रीको उपस्थितिको माग गर्दै आएका छन् । मंगलबार नै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद भरतबहादुर श्वारले पनि प्रधानमन्त्री शाह सांसदका प्रश्नको जवाफ दिन संसद्मा उपस्थित हुनबाट पछि हटेको आरोप लगाएका थिए ।

Classic Tech Desktop

प्रतिकृया