कोप–३१ मा सहभागी हुन प्रधानमन्त्री बालेनलाई टर्कीका राष्ट्रपतिको निमन्त्रणा
प्रकाशित मिति
२०८३ श्रावण २७ गते, बुधबार ०४:२८
२७ साउन २०८३ काठमाडौं – बुधबार सिंहदरबारमा बसेको राष्ट्रियसभाको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा परराष्ट्र मन्त्रालयका सहसचिव कृष्णप्रसाद ढकालले प्रधानमन्त्री शाहलाई कोप–३१ मा सहभागी हुन निमन्त्रणा आएको जानकारी दिएका हुन्।
उनका अनुसार टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले प्रधानमन्त्री शाहलाई सम्मेलनमा सहभागी हुन निमन्त्रणा पठाएका हुन्। सहसचिव ढकालले परराष्ट्र मन्त्रालयमा प्राप्त निमन्त्रणा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाइसकिएको जानकारी दिए। तर, सम्मेलनमा नेपालबाट कुन तहको प्रतिनिधित्व हुने भन्ने निर्णय भइनसकेको उनले बताए।

‘कुन लेभलबाट सहभागिता हुने भन्ने विषय हामीलाई जानकारी हुन बाँकी नै छ, हामी त्यसको प्रतीक्षामा छौँ,’ ढकालले समितिको बैठकमा भने।कोप–३१ सन् २०२६ नोभेम्बर ९ देखि २० सम्म टर्कीको अन्ताल्यामा आयोजना हुँदैछ। सम्मेलनमा जलवायु परिवर्तनका असर, न्यूनीकरण तथा अनुकूलनलगायत विषयमा विश्वका राष्ट्रहरूबीच छलफल हुनेछ।





प्रतिकृया