• २७ साउन २०८३, बुधबार
  • ५:१९ बेलुका

भेरी नदीमा जिप खस्यो, दुई जना बेपत्ता

प्रकाशित मिति

२०८३ श्रावण २७ गते, बुधबार ०३:३१

२७ साउन २०८३ सल्यान – सल्यानमा जिप भेरी नदीमा खस्दा दुई जना बेपत्ता भएका छन् भने दुई जना घाइते भएका छन्। छिन्चु–जाजरकोट सडकखण्डअन्तर्गत वनगाड कुपिण्डे नगरपालिका–१, बाङ्गिरह नजिकै लु १ ज ३०२२ नम्बरको जिप सडकबाट भेरी नदीमा खसेर दुर्घटना भएको हो।

प्रहरीका अनुसार बालुवा सङ्ग्रीबाट सल्लीबजारतर्फ फर्किने क्रममा जिप दुर्घटनामा परेको हो। दुर्घटनामा जिप चालक र जिपधनी भेरी नदीमा बेपत्ता भएका छन्। उनीहरूको पहिचान भने खुल्न बाँकी रहेको सल्यान प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) दीपक पातलीले जानकारी दिए।

Kamana Sewa

बेपत्ता भएकाहरूको खोजी तथा उद्धारका लागि सुरक्षाकर्मी र स्थानीयवासी परिचालन भएका छन्। दुर्घटनामा वनगाड कुपिण्डे नगरपालिका–१, आँपखोलीका २९ वर्षीय प्रेम विक र सोही स्थानका २१ वर्षीय खुमलाल बुढाथोकी घाइते भएका छन्। उनीहरू दुवैको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। घाइते दुवै जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको डीएसपी पातलीले जानकारी दिए।

Classic Tech Desktop

प्रतिकृया