• २७ साउन २०८३, बुधबार
  • १२:२२ बेलुका

५५ वर्षे उमेर हदको तयारीसँगै दुई सचिवले दिए राजीनामा

प्रकाशित मिति

२०८३ श्रावण २७ गते, बुधबार १०:५६

२७ साउन २०८३ काठमाडौं –  संघीय निजामती सेवा विधेयकमा ३० वर्षे सेवा अवधि र ५५ वर्षे उमेर हद लागू गर्ने सरकारको तयारी भइरहेका बेला नेपाल सरकारका दुई सचिवले राजीनामा दिएका छन्। राजीनामा दिनेमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव बाबुराम अधिकारी र सञ्चार मन्त्रालयका सचिव डा. कमलप्रसाद पोखरेल रहेका छन्। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले दुवै सचिवको राजीनामा स्वीकृत गरेको हो।

सरकारले निजामती कर्मचारीका लागि ३० वर्षे सेवा अवधि र ५५ वर्षे उमेर हद लागू गर्ने तयारी गरेको छ। नयाँ व्यवस्था लागू हुँदा लामो समय सेवा गरिसकेका कर्मचारीको निवृत्तिभरणलगायतका सुविधामा असर पर्न सक्ने भन्दै कर्मचारी तहबाट असन्तुष्टि देखिएको हो।

Kamana Sewa

अधिकारी केही दिनमै अवकाशमा जाने तयारीमा थिए भने पोखरेलको कार्यकाल अझै करिब एक वर्ष बाँकी थियो। कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले प्रस्तावित नयाँ व्यवस्थाका लागि सहमति दिएपछि दुई सचिवले राजीनामा दिएको बताइएको छ।

Classic Tech Desktop

कार्यकाल बाँकी रहँदै सचिवस्तरबाटै राजीनामा आएपछि सरकारको प्रस्तावित सेवा अवधि तथा उमेर हदसम्बन्धी व्यवस्थाप्रति उच्च तहकै कर्मचारीमा असन्तुष्टि रहेको देखिएको छ।

प्रतिकृया