• ३१ साउन २०८३, आइतबार
  • १०:०१ बिहान

क्यालिफोर्निया गोली चल्दा कम्तिमा १० जनाको मृत्यु

प्रकाशित मिति

२०७९ माघ ८ गते, आईतवार ०८:१२

८ माघ, २०७९, काठमाडौँ : अमेरिकाको दक्षिणी क्यालिफोर्नियाको एक एसियाली सहरमा गोली चल्दा कम्तीमा पनि १० जनाको मृत्यु भएको छ। यस्तै १० जना घाइते समेत भएको बिबिसीले जनाएको छ। स्थानीय समुदायले ‘लुनार नयाँ वर्ष’ मनाइरहेका बेला मोन्टेरी पार्कमा रहेको एक नृत्य स्थलमा बन्दुकधारीले गोली चलाएको प्रहरीले जनाएको छ।


लस एन्जलस काउन्टी शेरिफ डिपार्टमेन्टका क्याप्टेन एन्ड्रयू मेयर्सका अनुसार शनिबार राति सवा १० बजे घटना भएको थियो।

Kamana Sewa

‘खबर पाएपछि अधिकारीहरू त्यस स्थानमा प्रवेश गर्दा केही मृतक र घाइतेहरू घटनास्थलमा थिए,’ उनले भने, ‘मोन्टेरी पार्क प्रहरी फायर डिपार्टमेन्टका अधिकारी घटनास्थलमा पुगेर घाइतेहरूलाई उपचारका लागि अस्पताल पठाएको थियो। १० जना घटनास्थलमा मृत फेला परेका थिए।’ यस घटनाका आरोपी फरार छन्। उनलाई प्रहरी खोजिरहेको छ।

Classic Tech Desktop

प्रतिकृया