• १५ असोज २०८३, बिहीबार
  • ८ः५९ बिहान

काठमाडौंका यी सात स्थानबाट आज ग्यास सिलिण्डर बिक्री गरिँदै

प्रकाशित मिति

२०८३ श्रावण ३१ गते, आईतवार ०९:०९

३१ साउन २०८३ काठमाडौं – खाना पकाउने ग्यासको अभाव झेलिरहेका उपभोक्तालाई राहत दिन नेपाल आयल निगमले आज काठमाडौंका विभिन्न सात स्थानबाट ग्यास सिलिण्डर बिक्री वितरण गर्ने भएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौं र ग्यास उद्योगीहरूसँगको समन्वयमा बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म विभिन्न ब्रान्डका ग्यास बिक्री गरिने निगमले जनाएको छ।

National Life

निगमका अनुसार नियमित बिक्रेताबाट ग्यास प्राप्त गर्न नसकेका अति आवश्यक उपभोक्ताले नागरिकता वा राष्ट्रिय परिचयपत्रसहित तोकिएका बिक्री केन्द्रमा उपस्थित भएर ग्यास खरिद गर्न सक्नेछन्।

ग्यास वितरण हुने स्थान र उपलब्ध ब्रान्डहरू यसप्रकार छन् :

Classic Tech Mobile
Classic Tech Desktop
  • निगमको टेकु परिसर: नेपाल, एचपी, एभरेष्ट सुगम, श्रीराम र सगर
  • पशु सेवा शाखा, चपली, बुढानीलकण्ठ: नेपाल, एचपी र भानु
  • राधास्वामी, कीर्तिपुर परिसर: नेपाल, एचपी, एभरेष्ट सुगम, श्रीकृष्ण, साइबाबा र श्रीमाया
  • नयाँ बजार जुडो हल परिसर: नेपाल, एचपी र ओम
  • तारकेश्वर नगरपालिका परिसर: नेपाल र एचपी
  • चन्द्रागिरि नगरपालिका कार्यालय: लोकप्रिय, नेपाल, एचपी र श्रीमाया
  • राष्ट्रिय क्षयरोग केन्द्र, ठिमी: नेपाल, एचपी, सूर्य, सगर, एभरेष्ट सुगम र एसटीसी

निगमले एलपी ग्यासको आयात नियमित भइरहेको र बिक्रेतामार्फत पनि वितरण जारी रहेको जनाएको छ। समस्यामा परेका उपभोक्तालाई मात्र तोकिएका केन्द्रमा पुगेर ग्यास खरिद गर्न निगमले अनुरोध गरेको छ।

यसअघि शनिबार काठमाडौंका पाँच स्थानबाट निगमले ६ हजार ८०२ थान ग्यास सिलिण्डर बिक्री गरेको थियो।

प्रतिकृया