• १३ असोज २०८३, मंगलबार
  • ११ः५३ राती

नेप्से बढे पनि कारोबार रकममा सुस्ती

प्रकाशित मिति

२०८३ श्रावण २८ गते, बिहीबार ०३:१२

२८ साउन २०८३ काठमाडौं – शेयर बजारमा लगानीकर्ताको उत्साह घट्दै गएको देखिएको छ। बुधबार नेप्से परिसूचक ८.८१ अंकले बढेर २६५१.२१ विन्दुमा पुगे पनि कारोबार रकम ३ अर्ब ७२ करोड ४७ लाख ७० हजार रुपैयाँमा सीमित भएको छ।

National Life

बजारमा निरन्तर दबाब देखिएपछि लगानीकर्ता तत्काल जोखिम लिनभन्दा अवस्था हेरेर निर्णय गर्ने अवस्थामा पुगेका छन्। नाफा सुरक्षित गर्न केही लगानीकर्ताले शेयर बिक्री गरिरहेका छन् भने नयाँ लगानीकर्ता उपयुक्त अवसरको प्रतीक्षामा देखिएका छन्।

बुधबार १३ उपसूचकमध्ये १० वटा बढेका छन् भने दुई वटा घटेका छन्। ट्रेडिङ उपसूचक भने स्थिर रहेको छ। पूँजी बजार सुधारका सरकारी प्रतिबद्धता भए पनि त्यसको प्रभाव व्यवहारमा देखिन नसकेको भन्दै लगानीकर्ताले ठोस नीतिगत कदमको प्रतीक्षा गरिरहेका छन्।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया