बोडेको होल्डिङ सेन्टरमा सुकुम्बासीको झुण्डिएको अवस्थामा मृत फेला
प्रकाशित मिति
२०८३ श्रावण २८ गते, बिहीबार ०२:४४
२८ साउन २०८३ भक्तपुर- भक्तपुरको बोडेस्थित होल्डिङ सेन्टरमा एक सुकुम्बासी मृत फेला परेका छन्। कृषि विकास बैंकको तालिम केन्द्रमा राखिएका ६० वर्षीय हिरालाल पासवान बिहीबार बिहान कोठाभित्र झुण्डिएको अवस्थामा मृत फेला परेका हुन्।
काठमाडौं उपत्यकाका विभिन्न स्थानमा रहेका अव्यवस्थित बस्तीका टहरा हटाएपछि प्रभावित परिवारलाई सरकारले बोडेस्थित होल्डिङ सेन्टरमा राख्दै आएको छ। तर, लामो समयसम्म उचित व्यवस्थापन हुन नसक्दा विस्थापित परिवारमा मानसिक तनाव बढेको स्थानीय तथा प्रभावित परिवारले बताएका छन्। पछिल्लो घटनाले विस्थापित परिवारको अवस्था, उनीहरूको मानसिक स्वास्थ्य तथा सामाजिक सुरक्षामाथि प्रश्न उठाएको छ।

टहरा हटाउने क्रममा विस्थापित भएका दुई जनाले यसअघि पनि आत्महत्या गरेका थिए। पछिल्लो घटनापछि प्रभावित परिवारको दीर्घकालीन व्यवस्थापन र पुनःस्थापनाको विषयमा सरकारको ध्यानाकर्षण आवश्यक देखिएको छ।





प्रतिकृया