• १४ असोज २०८३, बुधबार
  • १२ः५० राती

प्यूठानमा खोला किनारमा चार जनाको शव फेला

प्रकाशित मिति

२०८३ श्रावण २८ गते, बिहीबार १०:४२

२८ साउन २०८३ प्यूठान- प्यूठानको स्वर्गद्वारी नगरपालिकाका विभिन्न स्थानमा बिहीबार माडी र लुङ्ग्री खोला किनारमा चार जनाको शव फेला परेको छ। जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रमुख प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीका अनुसार फेला परेका शवको पहिचान खुल्न सकेको छैन।

National Life

स्वर्गद्वारी नगरपालिका–९ जुडापाटास्थित माडी खोलाको किनारमा करिब १२/१३ वर्षीय बालकको शव फेला परेको प्रहरीले जनाएको छ। त्यस्तै, स्वर्गद्वारी–३ किमिचौरस्थित माडी खोलाको किनारमा कम्मरभन्दा माथिको भाग मात्र रहेको पुरुषको शव फेला परेको छ।

यस्तै, स्वर्गद्वारी–४ गोठीबाङमा एक महिलाको शव फेला परेको छ। बिहीबार बिहान करिब ९ः३० बजे स्वर्गद्वारी–५ सरोजास्थित लुङ्ग्री खोलाको किनारमा टाउको र बायाँ खुट्टा नभएको अवस्थामा अर्की महिलाको शव फेला परेको प्रहरीले जनाएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

स्थानीयवासीले शव फेला परेको जानकारी गराएपछि इलाका प्रहरी कार्यालय भिङ्ग्रीबाट प्रहरी नायब निरीक्षक हस्ते घर्तीमगरको कमान्डमा सात जना, प्रहरी चौकी लामाचौरबाट प्रहरी सहायक निरीक्षक शिवलाल पौडेलको कमान्डमा चार जना तथा इलाका प्रहरी कार्यालय बिजुवारबाट प्रहरी निरीक्षक महेश्वरी विष्टको कमान्डमा १० जनाको टोली घटनास्थलमा खटिएको छ।

प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ। फेला परेका शवको पहिचान तथा मृत्युको कारण भने खुल्न बाँकी रहेको छ।

प्रतिकृया