• १५ असोज २०८३, बिहीबार
  • ८ः५७ बिहान

सिंहदरबारमा सुलभ मूल्यको खाद्य बिक्री कक्ष सञ्चालन

प्रकाशित मिति

२०८३ श्रावण २८ गते, बिहीबार ०१:५४

२८ साउन २०८३ काठमाडौं – खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सिंहदरबार परिसरभित्र सुलभ मूल्यको खाद्य बिक्री कक्ष सञ्चालनमा ल्याएको छ।सिंहदरबारस्थित उद्योग मन्त्रालय र गृह मन्त्रालयको बीचमा रहेको स्थानमा स्थापना गरिएको बिक्री कक्षको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले उद्घाटन गरेकी हुन्।

National Life

कम्पनीको वार्षिकोत्सवको अवसरमा सञ्चालनमा ल्याइएको बिक्री कक्षमा करिब १२४ प्रकारका खाद्य तथा दैनिक उपभोग्य सामग्री बिक्रीका लागि राखिएको छ। उपभोक्ताले दैनिक आवश्यक खाद्य सामग्री सुलभ मूल्यमा खरिद गर्न सक्ने कम्पनीले जनाएको छ।

उद्घाटन कार्यक्रममा मन्त्री यादवले उपभोक्तालाई सहज, गुणस्तरीय र सुलभ मूल्यमा खाद्य सामग्री उपलब्ध गराउने विषयलाई प्राथमिकतामा राखेर काम गर्नुपर्नेमा जोड दिएकी छन्।

Classic Tech Mobile
Classic Tech Desktop

सिंहदरबारको केन्द्रमै बिक्री कक्ष सञ्चालनमा आएपछि मन्त्रालयमा आउने कर्मचारी, सेवाग्राही तथा आसपासका उपभोक्ताले समेत सहज रूपमा आवश्यक खाद्य सामग्री खरिद गर्न सुविधा पाउने अपेक्षा गरिएको छ।

प्रतिकृया