• ५ साउन २०८३, मंगलबार
  • ९:५२ बिहान

आयल निगमले इन्धनको बिक्री मूल्य हाललाई यथावत राख्ने निर्णय

प्रकाशित मिति

२०७९ माघ ४ गते, बुधबार ०२:१०

४ माघ, २०७९, काठमाडौँ : नेपाल आयल निगमले इन्धनको खुद्रा बिक्री मूल्य हाललाई यथावत राख्ने निर्णय गरेको छ । मंगलबार साँझ बसेको निगम व्यवस्थापनको बैठकले निगम सञ्चित नोक्सानी र ऋणमा रहेकाले इन्धनको खुद्रा मूल्य यथावत राख्ने निर्णय गरेको हो । सोमबार भारतीय आयल कर्पोरेसनबाट निगमलाई पेट्रोलको मूल्य बढेर र डिजेलको मूल्य घटेर प्राप्त भएको थियो ।


नयाँ मूल्य सूचीअनुसार डिजेलको मूल्य प्रतिलिटर ३ रुपैयाँ ७० पैसा घटेर आएको थियो भने पेट्रोलको मूल्य प्रतिलिटर २ रुपैयाँ ५१ पैसा बढेर आएको थियो । निगमकाअनुसार कम्पनी अझै १७ अर्ब ३० करोड रुपैयाँ ऋणमा छ । ‘भारतीय आयल कर्पोरेसनको बक्यौता ११ अर्ब र सरकारी ऋण ७ अर्बको सावाँ र ब्याजको दायित्वमा निगम छ,’ निगमले भनेको छ, ‘उतार चढावपूर्ण अन्तर्राष्ट्रिय बजारको तेलको मूल्यका कारण पनि हाललाई खुद्रा बिक्री मूल्यलाई यथावत राखिएको छ ।’

Kamana Sewa

हाल पेट्रोल प्रतिलिटरमा १७५ रुपैयाँ, डिजेल र मटितेल १७२ रुपैयाँ लिटर खुद्रा मूल्यमा बिक्री भइरहेको छ । यस्तै खाना पकाउने ग्यासको एक सिलिण्डरको मूल्य १ हजा ८ सय रुपैयाँ छ ।

Classic Tech Desktop

प्रतिकृया