• 3:30 pm

सभामुखमा कांग्रेसकी ईश्वरी न्यौपानेले उम्मेदवारी दिने

प्रकाशित मिति

२०७९ माघ ४ गते, बुधबार ०१:४९

४ माघ, २०७९, काठमाडौँ: नेपाली कांग्रेसबाट सभामुखमा ईश्वरी न्यौपानेले उम्मेदवारी दिने भएकी छन् । बुधबार बिहान पार्टी सभापति शेरबहादुर देउवाको धुम्बाराहीस्थित निवासमा बसेको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकमा केन्द्रीय सदस्यसमेत रहेकी न्याैपानेलाई सभामुख पदकाे उम्मेदवारी बनाउने तयारी जुटेकाे हाे।


सभामुखमा उम्मेदवारीका विषयमा कांग्रेसले प्रतिपक्षमा रहेका दलहरुसँग छलफल गरिरहेको छ । न्यौपानेले आफूलाई संसदीय दलको कार्यालयमा बोलाइएको बताइन् । छलफल सकिएपछि उम्मेदपवारी दर्ता गर्ने तयारी छ ।

प्रतिकृया