जिल्ला अदालत तनहुँले पल शाहलाई दियो सफाइ
प्रकाशित मिति
२०७९ माघ ४ गते, बुधबार ०२:२१

४ माघ २०७९, काठमाडौँ: अभिनेता पल शाहले सफाइ पाएका छन् । मंगलबार जिल्ला अदालत तनहुँले थुनामा रहेका अभिनेता शाहलाई सफाइ दिएको हो । न्यायाधीश कोमलप्रसाद आचार्यको एकल इजलासले नाबालिकालाई जबरजस्ती करणी गरेको अभियोग लागेका शाहलाई सफाइ दिएको हो ।
आज शाहलाई सफाइ दिने फैसला भएको जिल्ला अदालत तनहुँका स्रेस्तेदार मिनबहादुर कुँवरले लोकपथलाई जानकारी दिएका हुन् । उनका अनुसार शाहले सफाइ पाउने फैसला भए पनि उनी आवश्यक कानुनी प्रक्रियापछि मात्रै छुट्ने छन् ।
शाह करिब १ वर्ष अघिदेखी तनहुँमा थुनामा रहेका थिए । यसअघि जिल्ला अदालत नवलपुरले पनि शाहलाई जबरजस्ती करणीको मुद्दामा सफाइ दिए पनि बालयौन दुरुपयोग गरेको अभियोगमा उनलाई २ वर्ष ६ महिना जेल सजायँ र १० लाख क्षतिपूर्ती तोकिएको थियो ।
तनहुँ जिल्ला अदालतले सफाइ दिए पनि पल शाह तत्काल रिहा हुन पाउने छैनन् । जिल्ला अदालत नवलपरासी पूर्वको फैसला अनुसार हाल उनी सजायँ भुक्तान गर्न जेलमा छन् ।
प्रतिकृया