शहरमा वायु प्रदुषण : समाधान के त ?

प्रकाशित मिति

२०७९ पुष २५ गते, सोमबार १२:१२

pradusan

२५ पुस २०७९, काठमाडौँ: आजको युगमा वैश्वीक तापन जलवायु परिवर्तन अनि विविध खाले प्रदूषण कै चर्चा रुमलिएको छ । वैश्वीक क्षेत्रीय, देशीय प्रदेशीय, स्थानीय सरकारी गैह्रसरकारी क्षेत्रहरुबाट यसका कारण समस्या अनि समाधानका बारे पैरवी एवम् नीतिनियमहरु त प्रस्तावित छन्, हुन्छन् तर समस्या समाधान हुनको साटो झन बल्झिदोछ । विज्ञ एवम् नीतिनिर्माता नियामक एवम् अभियन्ता आफैं रनभुल्लमा छन् भन्दा हुन्छ ।


तथ्य त यो पनि छ कि वायु प्रदूषणको अर्थ मात्र वायुमण्डलीयमा रहेका विद्यमान ग्यासहरु मात्र कार्वनअक्साइड अथवा कार्वनमोनोअक्साइडको मात्रामा आवश्यकता भन्दा अधिक बढ्नु मात्र हैन । यो क्लोरोफ्लोरो कार्वन, सिसा, अमोनिया, धूलो ओजोन ग्यास, मिथेन सल्फरडाइअक्साइड नाइट्रोजन अक्साइड आदिको हानिकारक सम्मिश्रण पनि हुन्छ । यीनको उत्पादन हेयरडाई, चुरा, पेन्ट, कागज, धातु, जलविद्युत निर्माण, वातानुकुलन, शीतलन या फोहर कुहिनु जस्ता कैयौं जैविक रसायनिक एवम् भौतिक प्रक्रियाहरुका बेला हुने गर्दछ ।


आधारभूत तथ्य यो छ कि कुहिरोमा भएको धुवा मात्र पातपतिङ्गर, ढोड, पराल बाल्नाले मात्र उत्पन्न हुँदैन यो अन्य फोहोरमैला, इन्धन, पटाखा, ग्यास, भोज्य पदार्थहरु आदि डढ्नाले धातु, पत्थर, दाउरा, काठ, रबर प्लाष्टिक आदि गल्ने घस्रिने तथा शीतलनका अनेक प्रक्रिया प्रकृयाहरुबाट पनि उत्पन्न हुन्छ । यो प्रकृया हाम्रा भान्साघर जङ्गलहरु फैकटीरीहरु, गाडिहरु उपकरणहरु आदि वर्षमा बाह्रै महिना चलिरहन्छ ।


शहरहरुमा हावामा मिश्रित पार्टिकुलेट नैटरमा धूलोको अत्यधिक मात्रामा सबैभन्दा ठूलो चुनौति हो । तथ्याङ्कका अनुसार हालको सबेखाले सवाली साधनको टायरहरुको कूल रवड मध्ये करिब एक लाख किलोग्राम घिसिएर प्रतिवर्ष दिल्लीको हावमामा मिल्दो रहेछ । हाम्रो आफ्नो परिवेशमा पनि स्थिति के फरक होला र । धूलो बढ्नुमा सडक निर्माणका सिमेन्ट प्रयोग खनन, माटोको फोहोर ढुवानी गर्नु तथा जमीनको माथिललो तहमा चिस्याइलो पन घट्नु, भू–जलस्तर घट्दै जानु, बढ्दो वाष्पिकरण र बढ्दो रेतिलोक्षेत्रफलको पनि भरपुर योगदान छ । सत्य हो कि कारण कैयौखाले छन् भने समाधानका उपाय पनि त होलान ।


एसीको बढ्दो संख्या, बढ्दो धूलो, बढ्दो नीजी बहान एवम् बढ्दो ई–पोलिनेस फोहोर तथा अनावश्यक उपभोग शहरी प्रदूषणको सबैभन्दा ठूलो चुनौती मानिन्छ । समाधानका लागि सर्वप्रथम सादगीलाई सम्मानित गरौं धरै उपभोग गर्नेलाई हतोत्साहित पनि । जि.डि.पीको साटो खुसहाली सुचाङ्कलाई अर्थ व्यवस्थाको राष्ट्रिय आदर्श बनाऔं । सप्ताहमा एक दिन अन्न, इन्धन तथा नुतन वस्तुहरको उपभोगको ब्रतलाई राष्ट्रिय ब्रत मानेर अपनाऔं, उपयोग घटाऔं, यथोचित पुर्नपयोग बढाऔं, कार्यालयी कार्यनीति एवम सरुवा नितीलाई कम खपतलाई प्रोत्साहित गर्नेखाले बनाऔं । खुल्ला सामानहरुको सुनिश्चितता गरौं । लागतमा सिमित, नाफाको एम.आर.पी. को नियम बनाऔं, अनलाइन खरिद विक्रिलाई घटाऔं । यसबाट प्याकेजिङ्क घटछ, फोहोर घट्ट, कार्वन उत्सर्जन घट्छ, स्वच्छता आफैं स्वतः बढ्नेछ । कुहिने नकुहिने फोहोरलाई छुट्याउने घर घरमा वानी बसालौं । कुहिनेको मलखाद बनाइ नकुहिनेहरु पुर्नपयोगमा आउँछ । फोहोरमैला बाल्ुन परेन । धुँवा आफैं घट्ने छ । साइकललाई राष्ट्रिय बहान घोषित गरौं । हाम्रा शहरहरुमा साइकल लेन नै छैन, जोखिम छ, वातावरण विद् प्रकाश योन्जले त दुर्घट्नामा ज्यान गुमाउनु परेको यथार्थ छ । सार्वजनिक परिवहन, कार–पुलिङ्ग एवम् साइकलिङलाई आदर्श, सर्वसुलभ एवम् सुरक्षित बनाएर उपयोगका लागि प्रोत्साहित गरौं । रुटहरुमा बसहरुको संख्याको सन्तुलन बनाउने, सवारी साधनहरुको गती एवम् गुणस्तर नियन्त्रित गर्ने, सिसायुक्त पेट्रोलको प्रयोग गर्ने, अक्षय उर्जा उत्पादनलाई सस्तो गर्ने । कार्यालय, विद्यालय कलकारखानाको कामको अवधिमा विविधता ल्याउने, इ–बहानलाई प्रोत्साहित गर्ने, आवश्यक नभए विजुली, मोवाइल्, कम्प्युटर, इन्टरनेट वा वाइ–फाइ प्रयोग नगर्ने ।


पिपल, वर, नीम, कदम जस्ता हरेक मौसम हरियो हुने रुख लगाउने, प्रत्यैक घर आगन, सडक एवम् अराबली पर्वतमालालाई हरित बनाऔं । औद्योगिक क्षेत्रहरुमा ७० प्रतिशत कलकाराखाना एवम् ३० प्रतिशतमा हरियाली हुनुपर्ने प्रावधान राख्नुपर्छ । एयर फिल्टर अनिवार्य गर्ने, बर्षायामको जलसञ्चय बढाउनु, प्राकृतिक खेतिलाई प्रोत्साहन गर्ने हो भने कार्वन उत्सर्जन घटनेछ सअवशोषण बढ्नेछ । वाष्पन घट्नेछ । माटोको माथिल्लो तहमा चिस्यान अड्नेछ । मरुभूमिकरण रोकिनेछ । धूलो, एसी, अनि मास्कबाट स्वतः मुक्ति पाइनेछ । ग्रानमीण क्षेत्रमा खेतिपाती प्रकृति, सामाजिकता एवम् कुटिर उद्योग एवम् रोजगार सुरक्षित गर्ने हो भने यसले नगरीकरण हतोस्ताहित हुनेछ । जनसंख्या बृद्धि एवम् वितरण स्वतः सुन्तुलित हुनेछ । अनि पर्यावरण पनि ।


प्रदूषणलाई बेवास्ता गर्दै बनाइएका अपनाइएका एवम् प्रोत्साहित गरिएका प्रविधि एवम्र जीवनशैलीहरुनै समस्याको मुल जरो हो भन्दा हुन्छ । हामी साह्रै गाह्रो भएपछि मात्र समाधानका लागि सरकारले के गर्छ कि गर्नु पर्ने थियो कि मुख ताक्ने अनि गाली गर्न अभ्यस्त छौं । यसलाई जनसमुदायको परालम्बन भन्न सकिन्छ । हामी औं स्वावलम्बी बन्ने कहिले त ?


प्रष्ट छ यसको मुख्य आरोपी चाडवाडमा पड्काइने पटाका, ढोड पराल बाल्नु, कुहिरो जस्ता अल्पावधि घटनाहरु हुन सक्दैनन् त्यसैले ढोड पराल बाल्न नियन्त्रण, सवारी साधानहरुको जोर विजोर प्रणाली न त समाधान हुन सक्दछ । समस्याको निवारण मूल कारणहरुको समग्रतामा खोजिनु पर्दछ । सम्पूर्ण समाधानको रणनीति पनि राज, समाज अनि बजार तीनवटैको नीतिनियम, क्षमता, नियत पुरै परीक्षणका साधन बनाउने ।

प्रतिकृया