आज एशियन हाइड्रोकाे आईपीओ भर्ने अन्तिम दिन
प्रकाशित मिति
२०७९ पुष १२ गते, मंगलवार ०३:१०
१२ पुस २०७९, काठमाडौँ: एशियन हाइड्रोपावर कम्पनी लिमिटेडले मंसिर २७ गते, मंगलबारदेखि आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा गएका नेपालीहरूलाई आईपीओ निष्कासन तथा बिक्री खुल्ला गरिरहेकाे छ । कम्पनीले प्रतिकित्ता एक सय अंकित दरमा ३ लाख ४० हजार कित्ता सेयर आयोजना प्रभावित स्थानीयका लागि र ८४ हजार कित्ता सेयर वैदेशिक रोजगारीमा गएका नेपालीका लागि निष्कासन गरेको हो ।
वैदेशिक रोजगारीमा गएका नेपालीले उक्त आईपीओ भर्ने आज अन्तिम दिन रहेकाे छ । स्थानियले भने पाैष २७ गतेसम्म आवेदन दिन सक्नेछन् । यस आईपीओमा आयोजनाबाट अति प्रभावित क्षेत्र इलाम जिल्लाको इलाम नगरपालिका–१० (साविकको गोदाक गाविसको १ देखि ९ सम्मका सम्पूण वडाहरू), माई जोगमाई गाउँपालिका वडा नम्बर ३, ४ (साविक नाम्सालिङ गाविसको १ देखि ९ सम्मका सम्पूर्ण वडाहरू तथा नयाँबजार गाविसको वडा नम्बर ५) तथा सूर्योदय नगरपालिका वडा नम्बर ११ (साविक माघेसुन्तले र तीनघरे गाविसका सम्पूर्ण वडाहरू तथा साविकको सूर्योदय गाविसको वडा नम्बर ३, ४ र ५ ) का स्थानीय बासिन्दाहरूले १ लाख ३६ हजार कित्ता र उक्त आयोजनाका अति प्रभावित क्षेत्र बाहेकको जिल्लाको अन्य क्षेत्रमा बसोबास गर्ने बासिन्दाका लागि बाँकी २ लाख ४ हजार कित्ता सेयर छुट्याइएको छ ।

स्थानीय तथा वैदेशिक रोजगारीमा गएका नेपालीले न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । कम्पनीकाे आईपीओ निष्कासन तथा बिक्री प्रबन्धककाे काम एनएमबि क्यापिटल लिमिटेडले गर्नेछ ।

आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त गरेका सम्पूर्ण सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । त्यस्तै, आयोजना प्रभावित स्थानीयहरूले भने बिक्री प्रबन्धकसँगै आस्ववा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयसँगै एनएमबि बैंक, सिभिल बैंक, प्राइम कमर्सियल बैंक र ग्लोबल आइएमई बैंकको इलाम शाखाबाट आवेदन दिन सक्नेछन् ।




प्रतिकृया