• १२ असोज २०८३, सोमबार
  • १२ः३५ दिउँसो

नेपाल टी-२० लिग तीन महिनामा तेस्रो पटक स्थगित

प्रकाशित मिति

२०७९ पुष ७ गते, बिहीबार ०५:०५

७ पुस २०७९, काठमाडौँ: नेपाल टी-२० लिग फेरि स्थगित भएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना अधिकार भारतीय कम्पनी सेभेन थ्री स्पोर्ट्सलाई दिएको प्रतियोगिता तेस्रो पटक स्थगित भएको हो। क्यानले प्रतियोगिताका लागि विदेशी खेलाडीको श्रम स्वीकृती नभएको कारण देखाउँदै प्रतियोगिता स्थगित गरेको हो।

National Life

सुरुवातदेखि नै विवादित बनेको लिग तीन महिनामा तेस्रो पटक सरेको हो। यसअघि सुरुमा असोज ८ देखि लिग गर्ने भनिएको थियो। तर लिग सुरक्षाको कारण देखाउँदै स्थगित गर्न परेको क्यानले जनाएको थियो। त्यसपछि क्यानले मंसिर २६ देखिको नयाँ मिति सार्वजनिक गरेको थियो। तर यो सयम पनि सार्दै क्यानले भोलि (पुस ८) देखि लिग गर्ने जनाएको थियो।


तर लिग हुन एक दिनअघि शुक्रबारदेखि लिग गर्ने सम्भावना नभएको अध्यक्ष चतुरबहादुर चन्दको भनाइ छ। लिग सुरु देखि नै विवादमा परेको थियो। भारतीय कम्पनीलाई बिना टेन्डर लिगको आयोजना अधिकार दिएको भन्दै विरोध भएको थियो। जसका कारण क्यानले एक पटक सेभेन थ्रीसँगको सम्झौता रद्द गर्ने समेत निर्णय गरेको थियो।

Classic Tech Mobile
Classic Tech Desktop

तर फेरि क्यानले एकाएक सेभेन थ्रीलाई लिग आयोजनाको अधिकार दिने निर्णय गरेको थियो। ८ वर्षका लागि क्यानले ३३ करोड रुपैयाँमा लिग सेभेन थ्रीलाई बेचेको थियो।

प्रतिकृया