• १३ असोज २०८३, मंगलबार
  • ५ः०२ बेलुका

नेपाल इन्भेष्टमेन्ट बैंकको ३६औं साधारण सभा सम्पन्न

प्रकाशित मिति

२०७९ पुष ७ गते, बिहीबार ०५:३०

७ पुस २०७९, काठमाडौँ: नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडले बिहीबार ३६औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ। गत आर्थिक वर्षका लागि चुक्ता पुँजीको ४ प्रतिशत बोनस सेयर तथा ७ प्रतिशत नगद गरि कुल ११ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव सभाले पारित गरेको हो।

National Life

यसका साथै नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकबीच मर्जरमा जाने निर्णय पनि साधारण सभाले पारित गरेको छ। छिट्टै मर्जर प्रक्रिया सम्पन्न गरी एकीकृत कारोबार सुरु गर्ने क्रममा रहेको बैंकले जनाएको छ। आर्थिक वर्ष २०७८/७९ मा नेपाल इन्भेष्टमेन्ट बैंकले ६ अर्ब २८ करोड रुपैयाँ संचालन मुनाफा तथा ३ अर्ब ७९ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ। बैंकको चुक्ता पुँजी १९ अर्ब ३ करोड पुगेको छ।


बैंकको निक्षेप अघिल्लो वर्ष १७९ अर्ब ४० करोड रहेकोमा आव २०७८/७९ मा १८६ अर्ब ७६ करोड पुगेको छ। त्यसैगरी कर्जा लगानी तर्फ अघिल्लो वर्ष १६१ अर्ब ९१ करोड रुपैयाँ रहेकोमा आव २०७८/७९ मा १६४ अर्ब ८२ करोड रुपैयाँ पुगेको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया