• १२ असोज २०८३, सोमबार
  • १ः५४ दिउँसो

कांग्रेस र एमाले मिलेर सरकार बनाओस्ः राजेन्द्र लिङदेन

प्रकाशित मिति

२०७९ पुष ७ गते, बिहीबार ०४:५३

७ पुस २०७९, काठमाडौँ: राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले नेपाली कांग्रेस र नेकपा एमाले मिलेर सरकार बनाए मुलुकमा स्थिरता कायम हुने बताएका छन् । बिहीबार प्रतिनिधि सभा सदस्यको शपथग्रहणपछि संघीय संसद भवनबाहिर सञ्चारकर्मीसँगको कुराकानीमा उनले अहिलेको गठबन्धनले बनाए पनि आफू प्रतिपक्षमा बसेर जनताका काम गर्न तयार रहेको बताए।

National Life

उनले पार्टीले सोचेजस्तो सिट अझै ल्याउन नसकेको पनि बताए। उनले सरकार निर्माण र मन्त्रीका लागि मात्रै अकारण आफू सरकारमा नजाने बताए। अध्यक्ष लिङदेनले अबको सरकार हिजोको सरकारजस्तो बन्नु नहुने भन्दै जनमुखी काम गर्ने सरकारको आवश्यकता रहेको बताए।


उनले भने, ‘भनेजस्तो साथीहरु अझै ल्याउन सकिएन। हामी आफ्नो जिम्मेवारी पूरा गर्न तत्पर छौँ। देश र जनताको हितमा आफ्नो भूमिका हिजोभन्दा आज अझ सशक्त राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकार निर्माणको प्रक्रियामा आफूलाई अघि सारेको छैन। नेपाली कांग्रेस र एमाले मिलेर सरकार बनोओस् भन्ने छ स्थिरताको लागि। नत्र अहिलेको गठबन्धनले बनाओस्, त्यो स्थिति नदेखिए हामी छलफल गर्नेछौँ। हामी सरकारमा जान अकारण समर्थन गर्दैनाैँ। सरकार निर्माण र मन्त्री पदका लागि मात्रै समर्थन गर्दैनौँ। अब सरकार बन्दा हिजोको अवस्थामा फरक बन्नुपर्छ। सुशासन, सेवा प्रवाहका हिसावले आउने सरकारले फरक ढंगका हिसावबाट सरकार बन्नुपर्छ। त्यो ढंगमा मात्रै समर्थन हुन्छ।’

Classic Tech Mobile
Classic Tech Desktop

अध्यक्ष लिङदेनले सुशासन, सेवा प्रवाहका हिसाबले आउने सरकारले फरक ढंग काम गरेमात्रै आफ्नो समर्थन रहने बताए।

प्रतिकृया