• ४ साउन २०८३, सोमबार
  • २:०० बिहान

कामना सेवा विकास बैंकद्वारा एससीटी–युपीआई डेबिट कार्ड (SCT-UPI Debit Card) जारी

प्रकाशित मिति

२०७९ पुष ३ गते, आईतवार ०४:४२

३ पुस २०७९, काठमाडौँ : काठमाडौँ । समय सापेक्ष ग्राहक महानुभावहरुको चाहना अनुसार नवीनतम प्रविधि मार्फत सेवाहरु प्रवाह गर्दै आएको कामना सेवा विकास बैंकले सर्वसुलभ तथा अत्याधुनिक बैकिङ सेवा प’-याउने उद्देश्यका साथ एससीटी–युपीआई डेबिट कार्ड (SCT-UPI Debit Card) सेवा शुभारम्भ गरेको छ ।


बैंकले मिति २०७९ साल पौस ०१ गते शुक्रबारबाट औपचारिक रुपमा एससीटी–युपीआई डेबिट कार्ड (SCT-UPI Debit Card) सेवा सुचारु गरेको हो । बैंकका नायव महाप्रबन्धक श्री लाल बहादुर थिङ्गज्यू र स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेडका प्रमुख कार्यकारी अधिकृत श्री नारायण प्रकाश भुजुज्यूले संयुक्त रुपमा एससीटी–युपीआई डेबिट कार्ड सेवाको अनावरण गरि सेवा शुभारम्भ गर्नु भएको थियो । कार्यक्रममा बैंकका प्रमुख सञ्चालन अधिकृत श्री बिकाश ढुङ्गानाज्यू, उच्च पदस्थ कर्मचारीहरूका साथै संचारकर्मीहरूको उपस्थिती रहेको थियो ।

Kamana Sewa

यस पश्चात स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड र कामना सेवा विकास बैंक लिमिटेडबीच एससीटी–युपीआई डेबिट कार्ड प्रयोगको क्षेत्रमा सहकार्य भएको छ । बैंकले आफ्ना ग्राहक महानुभावहरुलाई भुक्तानी कार्डको आधुनिक, सुरक्षित, गुणस्तरीय तथा भरपर्दो सुविधा प्रदान गर्न सहजता प्राप्त गर्ने छ ।

Classic Tech Desktop

साथै, SCT सञ्जालको प्रयोगबाट ग्राहकले नेपाल तथा भारतभित्र ATM, Posk जस्ता सेवा सजिलै लिन सक्ने सुविधा प्राप्त हुने बैंकले जनाएको छ ।

प्रतिकृया