• 4:14 am

पशुपति शिक्षा मन्दिरको विद्यालय भवन निर्माण

प्रकाशित मिति

२०७९ मंसिर २७ गते, मंगलवार ०९:३०

319557227 892284185113904 4913175108006913748 n.jpg

२७ मंसिर २०७९, काठमाडौँ : सुस्ता गाउँपालिका ३ स्थित पशुपति शिक्षा मन्दिरको नवनिर्मित विद्यालय भवन हस्तान्तरण गरिएको छ । सात कोठा, खेल मैदान, एसेम्वली सेड तथा तीन शौचालय सहितको सुविधा सम्पन्न आधुनिक भवन विद्यालय व्यवस्थापन समितिलाई हस्तान्तरण गरिएको हो ।


नवनिर्मित भवन युनिभर्सिटी अफ स्ट्रटक्लाड, ग्लास्गो, स्कटल्याण्डको एक लाख पाउण्डको आर्थिक सहयोगमा रोटरी क्लब अफ काठमाडौं मिडटाउनले निर्माण गरेको हो । भवनको साँचो रोटरी क्लब अफ काठमाडौं मिडटाउनका पूर्वअध्यक्ष अजय स्थापितले विद्यालय व्यवस्थापन समितका अध्यक्ष प्रेमचन्द्र चौधरीलाई हस्तान्तरण गरेका थिए । उक्त विद्यालय सार्वजनिक शैक्षिक गुठी अन्तर्गत पशुपति शिक्षा प्रसार समिति नेपालले सञ्चालन गर्दै आएको छ ।

प्रतिकृया