• ४ असोज २०८३, आइतबार
  • ८ः३१ बिहान

एनटीसीका ग्राहकहरुले सिभिल बैंकको मोबाइल बैंकिङ एप चलाउँदा डेटा शुल्क नलाग्ने

प्रकाशित मिति

२०७९ मंसिर २७ गते, मंगलवार १०:३६

२७ मंसिर २०७९, काठमाडौँ : नेपाल टेलिकमका ग्राहकहरुले सिभिल बैंकको मोबाइल बैंकिङ एप नि:शुल्क प्रयोग गर्न पाउने भएका छन्। जसका लागि सिभिल बैंक र टेलिकमबीच सम्झौता भएको छ। सम्झौता अनुसार पुस १ गतेदेखि टेलिकमको मोबाइल सेवा प्रयोगकर्ताहरुले डेटा अन गरी सिभिल बैंकको मोबाइल बैंकिङ एप मार्फत फन्ड ट्रान्स्फर, क्यूआर पेमेन्ट लगायत अन्य फिचरहरुको उपयोग गर्दा कुनै पनि शुल्क नलाग्ने बैंकले जनाएको छ ।

National Life

सम्झौता पत्रमा सिभिल बैकका तर्फबाट चिफ बिजिनेस भोलाबहादुर बिष्ट र नेपाल टेलिकमको तर्फबाट प्रमुख व्यवसायिक अधिकृत संगिता अर्यालले हस्ताक्षर गरेका छन्। राष्ट्र बैंकको विद्युतीय माध्यम मार्फत कारोबार गर्न प्रोत्साहन गर्ने नीति बमोजिम सिभिल बैंकले आफ्नो ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै यो सम्झौता गरेको जनाएको छ।


सिभिल बैंकको साढे चार लाख भन्दा बढी मोबाइल बैंकिङ एपका प्रयोगकर्ताहरु यस सम्झौतापत्रबाट प्रत्यक्ष लाभान्वित हुने बैंकका चिफ बिजिनेस भोलाबहादुर बिष्टले बताए। हालसम्म ९५.२४ अर्ब निक्षेप संकलन गरि करिब ८७.०८ अर्ब रुपैयाँ ऋण लगानी गरेको बैंकले हाल ११५ शाखा, १३ वटा एक्सटेन्सन काउण्टर तथा १०२ एटिएम मार्फत सेवा दिइरहेको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया