लिन्च स्टक मार्केटले बोलायो साधारण सभा, यस्ता छन् एजेण्डाहरु

प्रकाशित मिति

२०७९ मंसिर २५ गते, आईतवार ०१:०५

generalm

२५ मंसिर २०७९, काठमाडौँ : लिन्च स्टक मार्केट लिमिटेडको पन्ध्रौ वार्षिक साधारण सभा पुस २२ गते हुने भएको छ । सभा कम्पनीको कार्यालय नयाँ बानेश्वर १० काठमाडौंमा दिनको २ बजे हुने जानकारी दिएको हो ।


सभाले आर्थिक वर्ष २०७८/७९को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र आर्थिक वर्ष २०७९/८० को लागि लेखापरिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ ।


त्यसैगरी सञ्चालक समितीको निर्णय बमोजिमको नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि पारित गर्नेछ । त्यस्तै आर्थिक वर्ष २०७८/७९ मा भएको नाफाबाट सञ्चालक समितिले प्रस्ताव गरेको बोनश शेयर शेयरधनीलाई जारी गर्ने प्रस्ताव पनि पारित गर्ने र कम्पनीको हाल कायम जारी तथा चुक्ता पूँजी वृद्धि गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

प्रतिकृया