• ४ साउन २०८३, सोमबार
  • ३:१८ बिहान

रुससँग ऊर्जा सहकार्यमा साझेदारी गर्न चीन तयार : सी जिन्पिङ

प्रकाशित मिति

२०७९ मंसिर १३ गते, मंगलवार ०७:४५

१३ मंसिर २०७९, काठमाडौँ : चिनियाँ राष्ट्रपति सी जिन्पिङले आफ्नो मुलुक रुससँग ऊर्जा सहकार्यमा घनिष्ट साझेदारी गर्न तयार रहेको बताएका छन् । उर्जा सहयोग चीन र रुसबीचको व्यावहारिक सहयोगको महत्त्वपूर्ण आधारशिला रहेको बताउँदै उनले विश्व ऊर्जा सुरक्षा कायम राख्नको लागि यो सहयोग सकारात्मक शक्ति भएको उल्लेख गरेका छन् ।


राष्ट्रपति सीले चौथो चीन–रुस ऊर्जा व्यापार मञ्चलाई पठाएको बधाइ पत्रमा बाह्य जोखिम र चुनौतीहरूको सामना गर्दै दुई देशले सञ्चार र समन्वयलाई सुदृढ बनाएको र ठूला सहयोगी परियोजनाहरूलाई अगाडि बढाएको पनि उल्लेख गरेका छन् । राष्ट्रपति सीले नयाँ युगमा चीन र रूस बीच ऊर्जा विकासमा सहयोग र समन्वयको रणनीतिक साझेदारीका सम्भावनाहरूमा पनि जोड दिएका छन् ।

Kamana Sewa

प्रतिकृया