• ४ साउन २०८३, सोमबार
  • ३:२६ बिहान

भक्तपुरमा भ्यान र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, एक जना घाइते

प्रकाशित मिति

२०७९ मंसिर १२ गते, सोमबार १०:३५

१२ मंसिर, २०७९, काठमाडौं : भक्तपुरमा गाडी दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।चाँगुनारायण नगरपालिका १ दुवाकोटबाट पुरानोथिमि जाँदै गरेको प्रदेश ३-०१-०२३ च ४२९३ भ्यान र बा १ प ९५०८ नम्बरको मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा मोटरसाइकल चालक भक्तपुर नगरपालिका-१ का २८ वर्षे सिजन फसिकवाको मृत्यु भएको हो।


मध्यपुरथिमि नगरपालिकाका-६ मिलरोड उकालोमा आइतबार गाडी दुर्घटना भएको प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिए। पाण्डेका अनुसार दुर्घटनामा परी गम्भीर घाइते भएका मोटरसाइकलमा पछाडि सवार भक्तपुर नगरपालिका ७ गोल्माढीका ३२ वर्षे सुनिल ग्वाछाको मध्यपुर अस्पतालमा उपचार भइरहेको छ।

Kamana Sewa

प्रहरीले भ्यान चालक सिन्धुली घर भई भक्तपुर दुवाकोट बस्ने २७ वर्षीय दाताराम पहाडीलाई पक्राउ गरेको छ।

Classic Tech Desktop

प्रतिकृया