• ४ साउन २०८३, सोमबार
  • ८:१९ बेलुका

बेन्चमा रहेका नेमायर जब रोए…

प्रकाशित मिति

२०७९ मंसिर ९ गते, शुक्रबार ०१:३२

९ मंसिर २०७९, काठमाडौँ: कतारमा जारी फिफा विश्वकप फुटबलमा गएराति ब्राजिलले सर्बियालाई २–० ले हरायो । ब्राजिलले सहज जित निकाले पनि टिमका स्टार खेलाडी नेयमारले भने पूरा समय मैदानमा बिताउन पाएनन् । कारण हो– खुट्टाको चोट । खुट्टामा लागेको चोटका कारण उनी ७९औँ मिनेटमा मैदानबाट बाहिरिएका थिए ।


नेयमारको कुर्कुच्चामा लागेको चोट कति गम्भीर छ रिपोर्ट आउन बाँकी छ । चोटको गहिराइपछि मात्र उनले विश्वकपका बाँकी म्याच खेल्छन् वा खेल्दैनन् थाहा हुनेछ । यसैबीच, सर्बियाविरुद्ध ब्राजिल २–० को विजय हुँदा नेयमार बेन्चमा रोइरहेका थिए । उनको त्यो आँसु हर्षको थिएन, त्यो पीडाको थियो । ‘हामीलाई विश्वास छ, नेयमारले विश्वकपका बाँकी खेल खेल्नेछन्,’ ब्राजिलका प्रशिक्षक टिटेले भनेका छन् ।

Kamana Sewa

सर्बियाका निकोला मिलेन्कोभिकसँग ठोक्किँदा नेयमारको दायाँ कुर्कुच्चामा चोट लागेको थियो । चोट लागेपछि पनि ११ मिनेटसम्म उनले खेल्ने प्रयास गरे । त्यसपछि भने नेयमारले मैदान छाडे । ‘नेयमारको दाहिने घुँडामा चोट लागेको छ । हामीले तुरुन्तै उनको उपचार सुरु गर्‍यौँ । उनले फिजियोथेरापीबाट पनि उपचार जारी राखेका छन् । एमआरआईमार्फत चोटको प्रकृतिबारे राम्रोसँग बुझ्नको लागि २४ देखि ४८ घण्टा चाहिन्छ,’ ब्राजिल टिमका डाक्टर रोड्रिगो लास्मारले भनेका छन् ।

Classic Tech Desktop

उनका अनुसार शुक्रबार मात्र नेयमारको चोटको अवस्थाबारे थाहा हुनेछ । लुसेल स्टेडियममा भएको खेलमा ६२ औं मिनेटमा रिचार्लिसनले गोल गर्दै ब्राजिललाई अग्रता दिलाए । ७३ औं मिनेटमा उनैले व्यक्तिगत दोस्रो गोल गर्दै टाेलीलाई २-० को जित दिलाए ।


जितसँगै ब्राजिलले तीन अंक जाेड्दा सर्बियाले हारबाट प्रतियाेगिताकाे सुरुवात गरेकाे छ । त्यस्तै, समूह `एच´ अन्तर्गतकाे खेलमा पाेर्चुगलले घानाविरुद्ध ३-२ काे राेमाञ्चक जित निकाल्यो । स्टेडियम ९७४ मा पाेर्चुगललाई जित दिलाउन क्रिस्टियानाे राेनाल्डाे, जाओ फेलिक्स र राफेल लियाेले एक/एक गाेल गर्दा घानाका लागि आन्द्रे एयु र ओस्मान बुकारीले एक/एक गाेल फर्काए ।


खेलकाे ६५ औं मिनेटमा राेनाल्डाेले पेनाल्टीमार्फत गाेल गर्दै पाेर्चुगललाई सुरूवाती अग्रता दिलाएका थिए । घानाका मोहम्मदले रोनाल्डोलाई नै पेनाल्टी क्षेत्रभित्र फउल गरेपछि पोर्चुगलले पेनाल्टी पाएको थियाे । जसमा उनले सहजै गोल गरे ।

प्रतिकृया