• ४ साउन २०८३, सोमबार
  • ८:०८ बेलुका

काठमाडौंका ४ वटा क्षेत्रमा घण्टीको अग्रता, थप दुई क्षेत्रमा प्रतिस्पर्धा

प्रकाशित मिति

२०७९ मंसिर ६ गते, मंगलवार १२:१५

६ मंसिर २०७९, काठमाडौँ: नवगठित राष्ट्रिय स्वतन्त्र पार्टीले काठमाडौंका ४ वटा निर्वाचन क्षेत्रमा अग्रता लिएको छ । काठमाडौं क्षेत्र नम्बर २ मा सोविता गौतमले ५ हजार ३ सय ३२ मतसहित अग्रता लिइरहेकी छिन् ।


३ हजार ७ सय ६९ मतसहित राप्रपाकी कुन्तादेवी पोखरेलले पच्छ्याइरहेकी छिन् । २ हजार ८ सय ४८ मतसहित काठमाडौं– ६ मा स्वतन्त्र पार्टीका शिशिर खनालले अग्रता लिइरहेका छन् ।

Kamana Sewa

यसअघि चुनाव जीतेका भीमसेन दास प्रधानले दोस्रो स्थानमा रहेर प्रतिस्पर्धा गरिरहेका छन् । २ हजार ९ सय ५३ मतसहित काठमाडौं– ७ मा गणेश पराजुलीले अग्रता लिइरहेका छन् ।

Classic Tech Desktop

माओवादीका तर्फबाट मानुषी यमी भट्टराई उम्मेदवार रहेको काठमाडौं– ७ मा एमालेका श्यामकुमार घिमिरेले दोस्रो स्थानका लागि प्रतिस्पर्धामा छन् । ६ हजार १ सय ९ सहित काठमाडौं– ८ मा स्वतन्त्र पार्टीकै विराजभक्त श्रेष्ठले अग्रता लिइरहेका छन् । हाम्रो नेपाली पार्टीका सुमन सायमी श्रेष्ठसँग फराकिलो मतान्तरले पछाडि छन् ।


काठमाडौंका दुई निर्वाचन क्षेत्रमा स्वतन्त्र पार्टीले दोस्रो स्थानमा रहेर प्रतिस्पर्धा गरिरहेको छ । काठमाडौं ९ मा एमालेका कृष्ण गोपाल श्रेष्ठलाई स्वतन्त्रका टेकबहादुर पोखरेलले चुनौती दिएका छन् । पोखरेलले ९ हजार २ सय ६५ मत पाएका छन् । यद्यपि यो क्षेत्रमा एमाले जीतनजिक छ । काठमाडौं– १० मा पनि स्वतन्त्र पार्टीका प्रदीप विष्ट एमालेलाई पछि पार्दै दोस्रो स्थानमा छन् ।


कांग्रेसका राजन केसीले ४ हजार ८ सय १ मत पाउँदा प्रदीपले ३ हजार ३ सय ७८ मत पाएका छन् । चितवन क्षेत्र नम्बर १ तथा कास्कीका क्षेत्र नम्बर २ र ३ मा घण्टीका उम्मेदवारले अग्रता लिइरहेको छ । रुपन्देही– २ मा पनि घण्टीले अग्रता लिइरहेको छ ।

प्रतिकृया