• ४ साउन २०८३, सोमबार
  • २:४९ बिहान

काठमाडौं–४ : कांग्रेस कमजोर वडामै गगनको अग्रता

प्रकाशित मिति

२०७९ मंसिर ५ गते, सोमबार १२:४७

५ मंसिर २०७९, काठमाडौँ: काठमाडौं क्षेत्र नं ४ को मतगणना जारी रहेको छ । हालसम्म १ हजार ५ सय ११ मतको गणना गरिएको छ ।


जसमा नेपाली कांग्रेसका उम्मेदवार गगनकुमार थापाले ६६८ मत प्राप्त गरेका छन् । यता नेकपा एमालेका डा. राजन भट्टराईले ६३३ मत प्राप्त गरेका छन् । त्यसैगरी राप्रपाले ६५, खुकुरी चुनाव चिह्नले २८ र लौरो चुनाव चिह्नले १९ मत प्राप्त गरेको छ ।

Kamana Sewa

अहिले बुढानिलकण्ठ नगरपालिका वडा नं १ को मतगणना भइरहेको छ । त्यस वडामा स्थानीय तहमा समेत नेकपा एमालेले जित हासिल गरेको थियो । कांग्रेस कमजोर रहेको वडामा थापाले अग्रता लिएका छन् ।

Classic Tech Desktop

मतगणना जारी रहेको छ ।

प्रतिकृया