• ४ साउन २०८३, सोमबार
  • २:२१ बिहान

कास्की क्षेत्र नं. २ को मतगणना जारी, रास्वपा अगाडि

प्रकाशित मिति

२०७९ मंसिर ५ गते, सोमबार ०७:३२

५ मंसिर २०७९, काठमाडौं : कास्की क्षेत्र नं. २ को मतगणना जारी छ । प्रारम्भिक नतिजामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार माधवप्रसाद कडेल अगाडि छन् । मतगणना पोखरा-१५ कोलपाटको मतपेटिकाबाट सुरु गरिएको थियो । प्रतिनिधि सभाको ४ सय मत गणना भइसकेको छ ।


राष्ट्रिय स्वतन्त्र पार्टीका कडेलले १ सय २३, नेकपा एमालेकी विद्या भट्टराईले १ सय मत, नेकपा समाजवादीका श्रीनाथ बरालले ८२ मत प्राप्त गरेका छन् । यस्तै, प्रदेश सभा २ ‘१’ मा राप्रपाका उम्मेदवार विजयबाबु भण्डारीले अग्रता लिएका छन् । ५ सय ४१ मत गणना हुँदा उनले १९९ मत प्राप्त गरेका छन् ।

Kamana Sewa

एमालेका भीम कार्कीले १४५, नेकपा माओवादीका विश्वप्रकाश लामिछानेले १०५ मत पाएका छन् । कास्की क्षेत्र नम्बर १ र ३ को मतगणना पनि सुरु गर्ने तयारी छ ।

Classic Tech Desktop

प्रतिकृया