काठमाडौँमा शान्ती पूर्ण तरिकाले मतदान भइरहेको छ: उपाध्याय
प्रकाशित मिति
२०७९ मंसिर ४ गते, आईतवार ०४:५५
४ मंसिर २०७९, काठमाडौँ : आज मंसिर ४ गते देशभर निर्वाचन जारी रहेको छ । प्रतिनिधि सभा र प्रदेश सभा सदस्यका लागि देशभर निर्वाचन भएको हो । अहिले देशभर कतै शान्ति पूर्ण तवरले निर्वाचन भएको छ भने कतै स्थगित भएको छ । काठमाडौँमा भने निर्वाचन शान्ति पूर्ण रुपमा भईरहेको जिल्ला प्रशासन कार्यालय, काठमाडौँका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले जनाएको छ । उनका ‘अनुसार काठमाडौँको सबै मतदान स्थलमा शान्ती पूर्ण तरिकाले मतदान भइरहेको छ।’ आज प्रतिनिधि सभा एवं प्रदेश सभा सदस्यका लागि एकै चरणमा देशभर निर्वाचन भइरहेको छ ।
मातृभूमिन्युजसँग कुराकानी गर्दै उपाध्यायले सबै मतदान केन्द्रमा सहज रुपमा मतदान भइरहेको बताएका हुन् । उनले भने ‘काठमाडौँका सबै मतदान केन्द्रमा शान्ति र सुरक्षित तवरले मतदान भइरहेको छ ।’ सम्पूर्ण मतदाताहरुले सहज रुपबाट मतदान गरी रहेका छन्न । सम्पूर्ण मतदाताहरूले सहज रुपबाट मतदान गर्नसक्ने जनाए । गृह मन्त्रालयका अनुसार देशभर अहिलेसम्म ४५ प्रतिशत भन्दा धेरै मतदान भइसकेको जनाएको छ ।





प्रतिकृया