• ४ साउन २०८३, सोमबार
  • १:४८ बिहान

रामेछापमा दुई युवामाथि कुटपिट

प्रकाशित मिति

२०७९ मंसिर ४ गते, आईतवार ०४:४०

४ मंसिर २०७९, काठमाडौँ : रामेछापको रामेछाप नगरपालिका–८ स्थित डुम्रिखर्क भन्ने ठाउँमा दुई युवामाथी कुटपिट भएको छ । २१ वर्षीय गोविन्द सुवेदी र ४१ वर्षीय देवीलाल सुवेदी कुटपिट भएको रामेछापका डिएसपी राजकुमार थिङले बताए ।


चारजनाको समूहमा आएको मानिसहरूले उनीहरूलाई कुटपिट गरेको बताइएको छ । घाइतेहरुको खुट्टा र टाउकोमा चोट लागेको छ । पीडितहरुको रामेछाप अस्पतालमा उपचार भइरहेको छ । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

Kamana Sewa

प्रतिकृया