मृत अवस्थामा फेला

प्रकाशित मिति

२०७९ मंसिर ४ गते, आईतवार १२:२१

४ मंसिर, २०७९, कास्की: पोखरा महानगरपालिका-१९ भुनपुरे बस्ने ५९ वर्षीय रामु परियार आफ्नै घर नजिकै खोल्सामा शनिबार मृत अवस्थामा फेला परेका छन् । शुक्रबार साँझ घरबाट हिँडेका उनी घर फर्की नआएपछि खोजी गर्ने क्रममा उक्त स्थानमा शव फेला परेको हो ।


कपिलवस्तु, महाराजगंज नगरपालिका-११ प्रभातनगरस्थित वेल नदीको किनारमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४८ वर्षीय पुरुष शनिबार मृत अवस्थामा फेला परेका छन् ।


यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिकृया