नेपाल टेलिकमको आ.व.२०७९/८० कोप्रथम त्रैमासिकको वित्तीय विवरणको सारांश
प्रकाशित मिति
२०७९ कार्तिक ३० गते, बुधबार ०१:१०
३० कात्तिक २०७९, काठमाडौँ : गत आ.व. को प्रथम त्रैमासिक अवधि (२०७८ आश्विन मसान्त) सम्मको कुल आय रु. १० अर्ब ९५ करोड २३ लाख ४६ हजार रहेकोमा चालु आ.व. को सोही अवधि (२०७९ आश्विन मसान्त) सम्ममा कुल आय रु. ८ करोड ७७ लाख ४३ हजार (अर्थात्०.८० प्रतिशत) ले वृद्धि भई रु. ११ अर्ब ४ करोड ९० हजार रहेको।
गत आ.व. को प्रथम त्रैमासिक अवधि (२०७८ आश्विन मसान्त) सम्ममा कम्पनीको कुल सञ्चालन आय रु. ९ अर्ब ७७ करोड ५२ लाख ९४ हजार रहेकोमा चालु आ.व. को सोही अवधि (०७९ आश्विन मसान्त) सम्ममा रु. ६९ करोड ७७ लाख ९ हजार (अर्थात, ७.१४ प्रतिशत) ले कमी भई रु. ९ अर्ब ७ करोड ७५ लाख ८५ हजार रहेको। गत आ.व. को प्रथम त्रैमासिक अवधि (२०७८ आश्विन मसान्त) सम्मको खुद मुनाफा रु. २ अर्ब २५ करोड ९९ लाख ४ हजार रहेकोमा चालु आ.व. को सोही अवधि (२०७९ आश्विन मसान्त) सम्ममा रु. ३ करोड ४३ लाख ८० हजार (अर्थात, १.५२ प्रतिशत) ले कमी भई रु. २ अर्ब २२ करोड ५५ लाख ७ हजार रहेको। गत आ.व. को प्रथम त्रैमासिक अवधिसम्मको तुलनामा चालु आ.व.को सोही अवधिसम्मको खुद मुनाफामा परिवर्तन हुनुको प्रमुख कारणहरु निम्नानुसार रहेको:

४.१ कार्य सञ्चालन आयमा वृद्धि: डाटा सेवाको प्रयोगमा वृद्धि भएका कारण जीएसएम डाटातर्फ करिब रु. ११ करोड ४० लाख वृद्धि भएको ।

४.२ कार्य सञ्चालन आयमा कमी:
अन्तरआबद्धता सम्बन्धी निर्देशिका अनुसार Domestic अन्तरआबद्धता शुल्क (tariff) मा कमी आएको र इत्त् सेवाको बढ्दो प्रयोगका कारण अन्तरआबद्धता आयमा करिब रु. १० करोडले कमी भएको । साथै OTT सेवाको बढ्दो प्रयोगका कारण OTT सेवाको समग्र आयमा कमी भएको ।
मौसमको प्रतिकुल असरले गर्दा विद्युत आपुर्ति तथा मर्मत सम्भार कार्य समयमा हुन नसकेकोले
साइटहरु समयमा सञ्चालन हुन नसकेको ।
आर्थिक ऐन, २०७९ बाट दूरसञ्चार सेवा दस्तुरमा भएको परिवर्तनको कारण राजस्वमा प्रभाव पर्न
गएको ।
कोभिड लगायत विभिन्न कारणले गर्दा विश्वव्यापी आर्थिक मन्दीका कारण देशको आर्थिक
अवस्थामा परेको असरले क्रयशक्तिमा आएको परिवर्तनले प्रभाव पारेको ।
४.३ गैर कार्य सञ्चालन आयमा भएको परिवर्तन :
बैंक ब्याजदरमा भएको परिवर्तनका कारण ब्याज आम्दानीमा करिब रु. ७९ करोडले वृद्धि भएको ।
विदेशी विनिमय दरमा भएको परिवर्तनका कारण करिब रु. ७ करोडForeign exchange Gain भएको ।
कम्पनीको लेखा नीति तथा IFRS/NFRS बमोजिम गणना गर्दा Impairment तथा Finance Cost मा गत आ.व.मा भन्दा कमी आएको ।
४.४ आ.व.२०७९/८० देखि कर्मचारीहरुको तलब सुविधामा वृद्धि भएको कारणले कर्मचारी खर्च वृद्धि हुन गएको ।




प्रतिकृया