• ३ साउन २०८३, आइतबार
  • ३:४२ बेलुका

विशेष अदालतको फैसलाविरुद्ध अख्तियार सर्वोच्चमा

प्रकाशित मिति

२०७९ कार्तिक ३० गते, बुधबार ०१:१०

३० कार्तिक २०७९, काठमाडौँ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारसम्बन्धी मुद्दामा विशेष अदालतले गरेको फैसलाविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ ।


विशेष अदालतले भ्रष्टाचारसम्बन्धी ९ वटा मुद्दाको गरेको फैसलाप्रति चित्त नबुझेर मंगलबार सर्वोच्च अदालतमा पुनरावेदन गरिएको आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए ।

Kamana Sewa

एक साताअघि पनि आयोगले विशेष अदालतबाट भएका १२२ वटा भ्रष्टाचारसम्बन्धी मुद्दाको फैसलाविरुद्ध सर्वोच्चमै पुनरावेदन गरेको जनाएको छ ।

Classic Tech Desktop

प्रतिकृया