• ४ साउन २०८३, सोमबार
  • १:४९ बिहान

सजिलै पैसा पाउन, सानिमा भिजा डाइरेक्ट सेवा

प्रकाशित मिति

२०७९ कार्तिक २९ गते, मंगलवार ०४:४१

२९ कार्तिक २०७९, काठमाडौँ : सानिमा बैंकले आफ्ना ग्राहकहरुका लागि सानिमा VISA Direct सेवा ल्याएको छ । यो सेवा मार्फत् ग्राहकहरुले विदेशबाट पठाएको पैसा तुरुन्तै प्राप्त गर्न सक्नेछन् । विश्वभरबाट सानिमाको भिसा कार्ड नम्बरमा विभिन्न डिजिटल माध्यमहरू जस्तै इन्टरनेट बैंकिङ्ग, मोबाइल बैंकिङ्ग र एटीएमबाट सजिलै रकमान्तर गर्न सकिनेछ ।


यो सेवा नविन प्रविद्धि भएकोले विश्वभरबाट सानिमा बैंकको भिसा कार्ड नम्बरमा पैसा प्राप्त गर्ने उपयुक्त बैकल्पिक माध्यम रहेको छ । उक्त सेवा बैंकले VISA International संग सहकार्य गरी प्रदान गरेको हो । यो सरल, सुरक्षित र छरिटो सेवा हो।सानिमा बैंकको देशका सातै प्रदेशमा १३० वटा कार्यालय तथा १२३ वटा ए.टि.एम. सञ्चालनमा रहेका छन् ।

Kamana Sewa

प्रतिकृया