• ४ साउन २०८३, सोमबार
  • ४:०० बिहान

ह्वाट्सएपले ल्यायो कमालको नयाँ फिचर, फोटो पठाउनुअघि ब्लर गर्न सकिने

प्रकाशित मिति

२०७९ कार्तिक १५ गते, मंगलवार ०८:२०

१५ कात्तिक २०७९, काठमाडौँ : ह्वाट्सएपले प्रयोगकर्ता इन्टरफेस सुधार गर्न समय–समयमा अपडेटहरु जारी गर्दै आएको छ। यी अपडेटहरु स्टेबल भर्जनमा जारी गर्नुअघि बिटा भर्जनमा परीक्षण गरिन्छ। अर्थात स्टेल भर्जनमा आउनुअघि कुनै पनि फिचर बिटा भर्जनमा परीक्षण गरिन्छ। भर्खरै एपमा एउटा नयाँ फिचर थपिएको छ।


प्रयोगकर्ताले चाँडै नै ह्वाट्सएपमा फोटो पठाउँदा ब्लर गर्न सक्नेछन्। कम्पनीले एउटा ड्रइङ टुलमा काम गरिरहेको छ। जसको मद्दतले प्रयोगकर्तांले कुनै पनि फोटो ब्लर गर्न सक्नेछन्। यसको मद्दतले प्रयोगकर्ता सजिलैसँग फोटोको कुनै पनि भाग ब्लर गर्न सक्नेछन्। ह्वाट्सएपको यो फिचर हाल बिटा फेजमा रहेको डब्ल्यूएबेटाइन्फोले स्पट गरेको छ। यो वर्षको सुरुआतमा ह्वाट्सएपले यो फिचरमा काम गरिरहेको जानकारी गराइएको थियो।

Kamana Sewa

कम्पनीले अब यो फिचर बिटा प्रयोगकर्ताका लागि जारी गर्न लागेको छ। यसको स्क्रिनसट पनि बाहिर आएको छ। यसमा प्रयोगकर्ताले कुनै पनि फोटो सेयर गर्दा एडिट गर्ने अप्सन पाउनेछन्। –एजेन्सी

Classic Tech Desktop

प्रतिकृया