• ३ साउन २०८३, आइतबार
  • ४:४६ बेलुका

५ सर्त सहित प्याराग्लाइडिङमा लागेको प्रतिबन्ध खुला

प्रकाशित मिति

२०७९ कार्तिक ५ गते, शनिबार ११:०२

५ कात्तिक २०७९, काठमाडौँ : नेपाल नागरिक उड्डयन प्राधिकरणले प्याराग्लाइडिङ उडानमा लगाएको प्रतिबन्ध खुला गरेको छ। प्राधिकरणले प्याराग्लाइडिङ भोलि (शनिबार) बाट खुला गर्ने निर्णय गरेको हो। प्याराग्लाइडिङ उडान खुला गरे पनि सञ्चालनका लागि प्राधिकरणले ५ वटा सर्त राखेको छ।


सर्तहरू यस्ता छन्-

Kamana Sewa

१. प्याराग्लाइडिङ उडानलाई थप नियमित सुरक्षित तथा व्यवस्थित बनाउन प्राधिकरणले व्यावसायिक रूपमा उडान गर्न उपलब्ध गराएको उडान क्षेत्रभित्र व्यवसायिक उडानबाहेक अन्य उडान गतिविधि गराउन पाइने छैन।

Classic Tech Desktop

२. आगामी १५ दिनभित्र हवाइ खेलकुद संघ, नेपालबाट प्याराग्लाडिङ उडानको लाइसेन्स लिएका सबै पाइलटले प्राधिकरणले तोकेको मेडिकल लेभल-२ र मनोवैज्ञानिक अवस्थाको समेत परीक्षण गर्नुपर्ने व्यवस्था गरिएको छ।

३. व्यावसायिक उडानमा संलग्न पाइलटहरूले प्राधिकरणको स्वीकृतिमा एकै किसिमको पोसाक लगाउनुपर्ने र उक्त पोसाकमा कम्पनी एवं पाइलटको नाम स्पष्ट देखिनु पर्नेछ।

४. व्यावसायिक उडानमा प्रयोग हुने ग्लाइडरहरूको १५ दिन भित्रमा प्राधिकरणका ुएयर(वर्दिनेस इन्सपेक्टरु को रोहवरमा परीक्षण गराई योग्य ग्लाइडरहरूलाई मात्र व्यावसायिक उडान अनुमति दिने।

५. पाइलटको ‘रिफ्रेसर एड्भान्स्ड ट्यान्डेम एस।आइ।भीु तथा आपतकालीन अवस्थामा ‘ट्यान्डेम रेस्क्यु’ उपयोग गर्ने प्रयोगात्मक तालिम वर्षको एकपटक गर्ने।

प्रतिकृया