• ४ साउन २०८३, सोमबार
  • २:२३ बिहान

नेदरल्याण्ड्सले युक्रेनलाई १५ मिलियन डलरको मिसाइल सहयोग गर्ने घोषणा

प्रकाशित मिति

२०७९ आश्विन २७ गते, बिहीबार ११:०२

२७ असोज २०७९, काठमाडौँ: नेदरल्याण्ड्सले युक्रेनको हवाई प्रतिरक्षा बलियो बनाउन सहयोग गर्ने घोषणा गरेको छ। घोषणा अनुसार नेदरल्याण्ड्सले युक्रेनलाई करिब १५ मिलियन डलर बराबरको मिसाइल पठाउनेछ।युक्रेनको हवाई प्रतिरक्षालाई बलियो बनाउन ब्रसेल्समा नाटोका रक्षामन्त्रीहरूको बैठकमा पनि यो कुरामा जोड दिइएको थियो।


सोमबार र मङ्गलबार रुसले युक्रेनको राजधानी किभलगायत धेरै सहरमा हवाई आक्रमण गरेको थियो।युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले अमेरिका र जर्मनीबाट प्राप्त अग्रिम हवाई रक्षा प्रणालीका लागि कृतज्ञता व्यक्त गरेका छन्। योसँगै उनले युक्रेनलाको हवाई ढाल बनाउन पश्चिमासँग सहयोगसमेत मागेका छन्।

Kamana Sewa

अर्कोतर्फ रुसले युक्रेनको ऊर्जा र सैन्य अखडामा आक्रमण योजनाको एक हिस्साका रूपमा भएको स्वीकार गरेको छ।रुसले पनि पश्चिमा राष्ट्रले विश्वव्यापी ऊर्जा संकटलाई चर्काएको आरोप लगाएको छ। रुसमा भएको ऊर्जा मञ्चमा बोल्दै राष्ट्रपति पुटिनले अन्तर्राष्ट्रिय आतंकवादका कारण नोर्ड स्ट्रिममा ग्यास चुहावट भइरहेको बताए।अमेरिकाले महँगो दरमा बीच ग्यास उपलब्ध गराउन सस्तो ग्यासबाट युरोपेली मुलुकलाई निरुत्साहित गर्न यो प्रयास भइरहेको उनले बताए।

Classic Tech Desktop

प्रतिकृया