• ४ साउन २०८३, सोमबार
  • ३:२८ बिहान

लुक्लामा रामेछापबाट नियमित उडान शुरु

प्रकाशित मिति

२०७९ आश्विन १५ गते, शनिबार ०९:३८

१५ असोज २०७९, काठमाडौं : काठमाडौंबाट भइरहेको सोलुखुम्बुको लुक्लामा हुने नियमित उडान रामेछापको मन्थलीमा सारिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले आज ९१ अक्टोवर०बाट लागू हुने गरी वायुसेवा कम्पनीले काठमाडौंबाट एकरएक उडान मात्र लुक्लाका लागि गर्न पाउने र अन्य उडान रामेछापको मन्थलीस्थित विमानस्थलबाट गर्नुपर्ने निर्णय गरेको थियो ।


सोही अनुसार शनिबार समिट एयरले लुक्लाका लागि रामेछापबाट पहिलो उडान गरेको छ ।त्रिभुवन विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलका अनुसार काठमाडौंमा बिहानको समयमा हुने हवाई चाप घटाउन यस्तो निर्णय लिइएको हो ।

Kamana Sewa

यसअघि कोभिड भन्दा अगाडी समेत काठमाडौंबाट लुक्लामा भइरहेको उडान रामेछाप सारिएको थियो । लुक्लामा समिट एयर, तारा एयर, सीता एयरले नियमित उडान गर्छन् । पर्यटकीय सिजन शुरु भएसँगै लुक्ला व्यस्त रहने गर्छ ।

Classic Tech Desktop

प्रतिकृया