• ४ साउन २०८३, सोमबार
  • ४:०० बिहान

बैंकको ब्याजदर वृद्धि स्थायी होइनः डेपुटी गभर्नर मिश्र

प्रकाशित मिति

२०७९ आश्विन १३ गते, बिहीबार ०४:१६

१३ असोज २०७९, काठमाडौंः नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले बैंकको ब्याजदर वृद्धि अस्थायी भएकाले व्यवसायीहरू आत्तिनुपर्ने अवस्था नरहेको बताएका छन्। बुधबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को वार्षिक जर्नल अर्थचित्र विमोचन तथा आर्थिक पत्रकार पुरस्कार समारोहलाई सम्बोधन गर्दै डेपुटी गभर्नर मिश्रले यस्तो बताएका हुन्।


उनले बैंकको ब्याजदर बढ्ने ट्रेण्ड सामान्य भएको भन्दै वृद्धि भएको ब्याजदर चाँडै घट्ने दाबी गरे। उनले अहिले संसारभर ब्याजदर बढाउने ट्रेण्ड चलेकाले नेपालमा पनि त्यसको प्रभाव परेको उल्लेख गरे।

Kamana Sewa

डेपुटी गभर्नर मिश्रले भने, ‘समय सधैँ एकै किसिमको बस्दैन। कोरोनाको अढाइ वर्षेकाल र पछिल्लो रुस र युक्रेन युद्धको कारण ८ महिनाको समयमा विश्व अर्थतन्त्रमा केही मन्दीको संकेत देखापर्न आएको छ। अमेरिकाको फेडरिर्जभ बैंक, भारतीय रिर्जभ बैंक, बैंक अफ इंग्ल्याण्डले र बैंक अफ अष्ट्रेलियाले ब्याजदर केही मात्रामा बढाउँदै लगेको हुनाले अन्तर्राष्ट्रिय स्तरमा तथा नेपालमा केही बैंक ब्याजदर बढेको छ। त्यो एक किसिमको ट्रेण्ड हो, ट्रेण्ड तलमाथि भइरहन्छ। हामी आत्तिनुपर्ने अवस्था रहँदैन। मुलुकको अर्थतन्त्र जुन किसिमले हेरिरहेका छौं । राष्ट्र बैंकले हेरक महिना तथ्याङ्क निकाले गरेको छ। तथ्याङ्कलाई हेर्दा नेपालको अर्थतन्त्र धेरै अफ्ठ्यारो स्थितिमा छैनौँ। तर संसारको हावा एकातिर हिँडेको छ, नेपाल अर्कोतिर हिँड्न समस्या हुन्छ। अहिले नेपाल त्यही हावासँगै बगेको छ। अहिले अर्थतन्त्रमा केही राहत दिने सुचाङ्कहरू देखापरेका छन्। विदेशी मुद्रा सञ्चिति बढाउन सहयोग गर्ने रेमिट्यान्स हरेक महिना बढेकाले आशा लागेको छ। नेपालमा पर्यटन आगमन बढ्दै गएको छ। त्यसबाट राष्ट्र बैंक आशावादी छ। मौद्रिक नीतिको समीक्षामा केही खुशी हुने संकेत प्राप्त हुनेछ। नेपाल कृषिजन्य उत्पादन तथा विद्युतमा आत्मनिर्भर बन्दै गएको भनिएपनि मुलुक आत्मनिर्भर बन्न लामो पाइला चलाउन आवश्यक छ। त्यसको लागि सबै पक्षको योगदान आवश्यक रहेको छ।’

Classic Tech Desktop

उनले कृषि र पर्यटनबाट क्षेत्रको विकासबाट नै मुलुकलाई आत्मनिर्भर बनाउन सम्भव रहेको बताए। मुलुक आत्मनिर्भर बन्न लामो पाइला चलाउन आवश्यक भएको र सरकार र निजी क्षेत्र सबै मिलेर जानुको विकल्प नभएको उनको भनाइ छ।

प्रतिकृया