• २२ भदौ २०८३, सोमबार
  • १०ः४६ राती

दशैं मनाउन दैनिक एक लाख जनाले उपत्यका छाड्दै, टिकट पाउन उस्तै सास्ती

प्रकाशित मिति

२०७९ आश्विन १३ गते, बिहीबार ११:२८

१३ आश्विन २०७९, काठमाडौँ: दशैं लागेसँगै काठमाडौं उपत्यका छाडेर गाउँघर फर्कनेको संख्या ह्वात्तै बढेको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार घटस्थापना यता निजी तथा सार्वजनिक गाडीमार्फत दैनिक औसतमा एक लाख यात्रु बाहिरिन थालेका छन् ।

National Life

घटस्थापनादेखि बुधबारसम्म मात्र तीन लाखभन्दा बढी यात्रु सडक यातायात मार्फत बाहिरिएका छन् । यो संख्या झनै बढ्ने आकलन गरिएको छ । शुक्रबारपछि दशैँको सार्वजनिक बिदा सुरु हुने भएकाले यो अवधिमा काठमाडौं उपत्यका छाड्ने यात्रुको संख्या अझै धेरै हुने ठानिएको छ ।


ट्राफिक कार्यालयका एसएसपी प्रवक्ता राजेन्द्रप्रसाद भट्टका अनुसार फूलपातीको दिनदेखि नवमीको दिनसम्म दैनिक दुई लाखसम्मले काठमाडौं छाड्छन् । यसपटक दशैँको वेला झन्डै २० लाखले उपत्यका छाड्ने आकलन गरिएको छ ।

Classic Tech Desktop

ट्राफिक प्रहरीले उपत्यकाका चारैतिरका नाकामा बाहिरिने यात्रुको रेडर्क राख्ने गर्दछ । चाबहिल, जगाती, बल्खु, थानकोटलगायत नाकाबाट निजी तथा सार्वजनिक यातायातमा बाहिरिनेको संख्या संकलन गरिन्छ ।

प्रतिकृया