• २२ भदौ २०८३, सोमबार
  • २ः१९ राती

तरलताको अभाव टार्न ३० अर्बको रिपो जारी गर्दै राष्ट्र बैंक

प्रकाशित मिति

२०७९ आश्विन १३ गते, बिहीबार ११:३२

१३ असोज २०७९, काठमाडौंः तरलताको अभाव टार्न नेपाल राष्ट्र बैंकले ३० अर्ब रुपैयाँ बराबरको रिपो जारी गर्ने भएको छ । बैंकले आज (असोज १३ गते, बिहीबार) उक्त परिमाणको रिपो बोलकबोल गर्न लागेको हो । १४ दिने अवधिका लागि बोलकबोल गर्न लागिएको उक्त रिपोमा वाणिज्य बैंक, विकास बैंक र वित्तीय संस्थाहरुले लगानी गर्न पाउनेछन् । यो रिपो असोज २७ गते परिपक्क हुनेछ । रिपोमा सहभागी हुन चाहने बैंक तथा वित्तीय संस्थाहरुले दिउँसो ३ बजेसम्म बिडिङ गर्नुपर्नेछ।

National Life

रिपो तथा रिभर्स रिपो केन्द्रीय बैंकले छोटो समयावधीका लागि बैंकिङ्ग प्रणालीमा तरलता प्रवाह गर्न तथा बैंकिङ्ग प्रणालीमा रहेको अधिक तरलतालाई प्रसोचन गर्न उपयोग गर्ने उपकरण हुन् । यस अन्तर्गत तरलताको अवस्था हेरी केन्द्रीय बैंकले बैंक तथा वित्तिय संस्थाहरुबाट अल्पकालिन सापटी दिने वा लिने कार्य गरी तरलताको व्यवस्थापन गर्ने कार्य गर्दछ ।


बैंकिङ प्रणालीमा साधारण प्रकृतिको न्यून तरलताको स्थिति देखिएमा छोटो अवधिको लागि तरलता प्रवाह (Liquidity Injection) गर्न प्रयोग हुने उपकरणलाई रिपो भनिन्छ । यसअन्तर्गत तरलता आवश्यक परेको बैंक तथा वित्तिय संस्थाहरुबाट ट्रेजरी बिल वा विकास ऋणपत्र धितोको रुपमा लिई निश्चित व्याज लिने शर्तमा नेपाल राष्ट्र बैंकले उक्त संस्थाहरु लाइ अल्पकालीन सापटी प्रदान गर्दछ जसले गर्दा बैंकिङ्ग प्रणालीमा तरलता प्रवाह हुन जान्छ।

Classic Tech Desktop

यसरी तरलता प्रवाह गर्दा बोलकबोल विधि  (Auction Mechanism) बाट सबैभन्दा बढी व्याज तिर्न तयार बैंकलाई पहिलो प्राथमिकतामा राखी क्रमैसँग आह्वान रकमसम्म बाँडफाँट गरिन्छ र भुक्तानी मितिमा बैंक तथा वित्तिय संस्थाबाट एकमुष्ट रुपमा साँवा व्याज रकम असुल गरी धितोको रुपमा राखेको ट्रेजरी बिल वा विकास ऋणपत्र फिर्ता गरिन्छ।

राष्ट्र बैंकले प्रकाशन गरेको सूचना यस प्रकारको छः

प्रतिकृया