• २२ भदौ २०८३, सोमबार
  • ९ः३१ राती

पाल्पामा जिप दुर्घटना हुँदा ४ जना घाइते

प्रकाशित मिति

२०७९ आश्विन १३ गते, बिहीबार ०९:२०

१३ असोज २०७९, काठमाडौँ : असोज १३ पाल्पाको रैनादेवी छहरा–४ मा गए राति जिप दुर्घटनामा परी ४ जना घाइते भएका छन् । बुटवलबाट यात्रु लिएर पाल्पाको जुठा पौवा जाँदै गरेको लु १ ज १४३१ नम्बरको जिप भैरव मावि छहराको निर्माणाधीन भवनमाथि दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

National Life

पाल्पामा डिएसपी वीरेन्द्र थापाले दुर्घटनामा स्थानीय हिरा पुन, कृष्ण बहादुर राई, दीपक पुन, छविलाल रास्कोटी घाइते भएको बताए । जिपमा १० जना यात्रु रहेको थिए । घाइतेलाई पाल्पाकै मिसन अस्पताल तानसेनमा उपचारका लागि ल्याएको छ । जिप के कारणले दुर्घटना भयो भन्ने बारे अनुसन्धान सुरु भएको प्रहरीले जनाएको छ ।

Classic Tech Desktop

प्रतिकृया