• ४ साउन २०८३, सोमबार
  • १:३५ बिहान

सुर्खेतमा मिर्गौला प्रत्यारोपण सुरु हुँदै

प्रकाशित मिति

२०७९ भाद्र २१ गते, मंगलवार १०:५७

२१ भाद्र २०७९, काठमाडौ: अब सुर्खेतमै मिर्गौला प्रत्यारोपण सेवा सुरु हुने भएको छ । कर्णालीको राजधानी वीरेन्द्रनगरस्थित प्रदेश अस्पतालमा मिर्गौला प्रत्यारोपण सेवा सुरु हुने अस्पतालले जनाएको छ । स्वास्थ्य सेवा विभागबाट अनुमति पाएलगत्तै अस्पतालले सेवा सुरु गर्नेछ ।


सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुर र कर्णाली प्रदेश अस्पतालबीच चैत ११ गते सम्झौता भएको थियो । प्रदेश अस्पतालले ०७४ देखि डाइलसिस सेवा दिँदै आएको छ । मिर्गौला प्रत्यारोपण सेवाका लागि भौतिक संरचना र उपकरणको व्यवस्थापन गरेको अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा। डम्बर खड्काले बताए । ‘अब कर्णालीवासीलाई मिर्गौला प्रत्यारोपणका लागि अन्यत्र धाउनुपर्ने बाध्यताको अन्त्य हुनेछ,’ उनले भने ।

Kamana Sewa

प्रदेश अस्पतालले ६ चिकित्सकलाई तालिम दिएर सेवा सञ्चालनका लागि राखेको जनाएको छ । ‘शिक्षण अस्पताल महाराजगन्जबाट डाक्टर ल्याउने भनेका थियौं,’ डा. खड्काले भने, ‘त्यहाँबाट डाक्टर नआएपछि प्रदेश अस्पतालमै कार्यरत चिकित्सकहरूलाई केन्द्रको सहयोगमा तालिम दिएर तयारी अवस्थामा राखेका छौं ।’

Classic Tech Desktop

प्रतिकृया