• १४:०५ २०८० चैत्र १६ गते
  • 2:05 pm

साउथह्याम्पटनसँग चेल्सीको पहिलो हार

प्रकाशित मिति

२०७९ भाद्र १५ गते, बुधबार ०९:४०

chelse 1 scaled 1

१५ भाद्र २०७९, काठमाडौँ : साउथह्याम्पटनसँग २-१ ले पराजित हुँदै चेल्सीले इंग्लिस प्रिमियर लिग फुटबल २०२२/२३ मा पहिलो हार बेहोरेको छ। मंगलबार राति भएको खेलमा घरेलु टोली साउथह्याम्पटनको जितमा रोमिओ लाभिया र एडम आर्म्सट्रोङले एक-एक गोल गरे ।


यसअघि चेल्सीका रहिम ट्रर्लिङले खेलको २३औं मिनेटमा अग्रता लिएका थिए। जितसँगै साउथह्याम्पटन ५ खेलमा ७ अंक जोडेर सातौं स्थानमा छ । चेल्सी ७ अंक जोडेर आठौं स्थानमा छ।


अर्को खेलमा फुलहमले ब्राइटनलाई २-१ ले हरायो। क्रिस्टल प्यालेस र ब्रेन्टफोर्ड तथा लिड्स युनाइटेड र एभर्टनले १(१ गोलको बराबरी खेले।

प्रतिकृया