• ३ साउन २०८३, आइतबार
  • ३:४१ बेलुका

ककपिटमा झगडा गर्ने पाइलट निलम्बनमा

प्रकाशित मिति

२०७९ भाद्र १४ गते, मंगलवार ०९:२३

१४ भाद्र २०७९, पेरिस : ककपिटमा झगडापछि एयर–फ्रान्सका दुई पाइलटलाई निलम्बन गरिएको छ । जेनभाबाट पेरिसका लागि उडेको एयरबस ए ३२० मा क्याप्टेन र फस्ट अफिसरबीच मुक्का हानाहान भएको थियो । होहल्लापछि उडान दलका अन्य सदस्यले हस्तक्षेप गरेका थिए ।


विमान सुरक्षित ढंगल अवतरण नहुन्जे उडान दलका एक सदस्य ककपिटमा बसेका थिए । तर, उक्त दुर्घटनाले उडानलाई असर नगरेको उक्त एयरलाइनले जनाएको छ । उक्त घटनाबारे फ्रान्सको वायु अनुसन्धान निकायले अध्ययनपछि एक रिपोर्ट प्रकाशित गरेको थियो ।

Kamana Sewa

प्रतिकृया