• ४ साउन २०८३, सोमबार
  • २:०७ बिहान

प्रहरी महानिरिक्षक धिरज प्रताप सिंह संयुक्त राष्ट्र प्रहरी प्रमुखहरू शिखर सम्मेलनमा सहभागी हुन न्यूयोर्क प्रस्थान

प्रकाशित मिति

२०७९ भाद्र १४ गते, मंगलवार ०९:४३

१३ भाद्र २०७९, काठमाडौँ : प्रहरी महानिरीक्षक धिरज प्रताप सिंह संयुक्त राष्ट्रसंघको प्रधान कार्यालय न्यूयोर्कमा
भदौ १५ देखि १७ गते ९३१ अगस्ट देखि २ सेप्टेम्बर, २०२२० सम्म संचालन हुने तेस्रो संयुक्त राष्ट्र प्रहरी प्रमुखहरू शिखर सम्मेलनमा सहभागी हुन सोमबार त्यसतर्फ प्रस्थान गर्नुभएको छ । प्रहरी महानिरीक्षक सिंहसँग उक्त समिटमा सहभागी हुन सशस्त्र प्रहरी महानिरीक्षक राजु आर्याल, प्रहरी उपरीक्षक सविन प्रधान र सशस्त्र प्रहरी निरीक्षक केदार प्रसाद सापकोटा समेत त्यसतर्फ प्रस्थान गर्नुभएको छ ।


प्रहरी महानिरीक्षक सिंहको नेतृत्वमा रहेको टोलीलाई प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू लगायत वरिष्ठ प्रहरी अधिकृतहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शुभकामना सहित विदाई गर्नुभयो । उक्त समिटमा निम्न उल्लेखित विषयहरूमा छलफल हुने कार्यक्रम रहेको छ :

Kamana Sewa

  • Operationalize the United Nations Police Division’s role as a system wide service provider and focal point for United Nations policing and other law enforcement matters.
  • Reinforce ongoing efforts to enhance the performance of United Nations Police by strengthening capacities, including the launch of voluntary compact on Advancing Gender Parity within the United
    Nations Police.
  • Integrate United Nations Policing Priorities in International Peace and Security processes, iscussions and Fora.
  • सो अवसरमा प्रहरी महानिरीक्षक सिंहले अन्य देशका प्रहरी प्रमुखहरूसँग द्विपक्षीय तथा बहुपक्षीय भेटघाट गरी साझा सुरक्षाका विषयमा समेत छलफल गर्ने कार्यक्रम रहेको छ । प्रहरी महानिरीक्षक सिंहको अनुपस्थितिमा प्रहरी अतिरिक्त महानिरीक्षक सहकुल बहादुर थापाले नेपाल प्रहरी प्रधान कार्यालयको दैनिक प्रशासनिक कामकाजको जिम्मेवारी सम्हाल्नु हुनेछ ।

Classic Tech Desktop

प्रतिकृया